धार्मिक पर्यटनलाई महत्व दिदै पर्यटन व्यवसायी बिरगंजद्वारा भब्य स्वागत

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुले धार्मिक पर्यटनलाई  महत्त्व दिएर ४५ औं अन्तर्राष्ट्रिय पर्यटन दिबस मनाएका छन ।

बिरगंज नाका हुँदै जनकपुरधाम  र पशुपतिनाथ जान हिडेका छ जना  भारतीय धार्मिक पर्यटकहरुलाई दहि र जुस खुवाएर टीका , माला सहित भब्य स्वागत गरेर धार्मिक पर्यटनलाई  विशेष महत्त्व दिएका हुन ।

पशुपतिनाथ , जनकपुर ,गढिमाइ र मुक्तीनाथ जस्ता पबित्र र पौराणिक हिन्दु धामहरु मुलुकमा प्रशस्त रहे पनि राज्यले भने त्यस्ता धार्मिक पर्यटकीय स्थलहरुको प्रबर्द्धन र प्रचारमा ध्यान दिन सकी रहेको छैन ।

राज्यको ध्यान तान्नकै लागि पनि आज पर्यटन दिबसको अबसर पारेर धार्मिक पर्यटनलाई  महत्वका साथ जोडन खोजेको होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष  हरि पन्तले बताए ।  उनले सम्भावना धेरै भए पनि नेपालको धार्मिक पर्यटन ओझेलमा परेको बताए ।

बिरगंजका होटल तथा पर्यटन ब्यबसायिहरुले आज बिरगंजको शन्कराचार्य गेटमा औपचारिक कार्यक्रमनै गरेर पर्यटकहरुको स्वागत गरेका थिए ।

स्वागत गरिएको पर्यटकहरुलाई ब्यबसायीहरुले गन्तब्य सम्म जान पुग्न भाडाको समेत ब्यबस्थापन गरि दिएका थिए ।

बिरगंजको  शन्कराचार्य गेट्मै संघका अध्यक्ष हरि पन्तको सभापतित्व सम्पन्न  उक्त पर्यटक सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , पर्सा शाखाका उपाध्यक्ष युबराज खडका , युवा नेता दिलिप कार्की लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा ससस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , पर्यटन प्रहरिको टोलिका साथ होटल तथा पर्यटन ब्यबसायी संघका बरिस्ठ उपाध्यक्ष  रचेन्द्र थापा , महासचिव  माधब बस्नेत, सचिब सन्दीप बस्नेत , हिरा श्रेष्ठ , कुबेर कार्की लगायतका होटल तथा पर्यटन ब्यबसायिहरु र सन्चारकर्मीहरुको उपस्तिथि रहेको पन्तले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...