अजित कुमार भुजेल , बिरगंज । प्राइम कमर्सियल बैंकको १७ औं वार्षिक उत्सव एवम १८औं बर्ष प्रवेश गरेको अवसरमा भब्य रक्तदानको आयोजना गरेको थियो ।
सो रक्तदान कार्यक्रममा ८ महिला सहित ८० जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरि मानवतालाई बलियो बनाएको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी दिनुभयो।
रक्तदान गर्नेमा रिता साह , बिन्दु सिंह क्षेत्री , मर्यादा थापा, मेघनाथ सोनार , नितेश कुमार , गजेन्द्र कुमार कलवार , लालबबाबु महतो , अर्बिन्द कुमार गुप्ता , अर्जुन चौधरी , दीलिप सिक्दर , बिकास कुमार गुप्ता लगायतकाले आफ्नो अमुल्य रक्तदान गरेका थिए।
प्राइम कमर्सियल बैंक वीरगन्ज आदर्शनगर शाखाको भवनको साथै नेपालमा विभिन्न ठाँउमा पनि जस्तै बुटवल,पोखरा,सुर्खेत,बिराटनगर र काठमाडौं कमलपोखरी शाखामा पनि रक्तदानको कार्यक्रमको आयोजना गरिएको थियो ।
सो रक्तदान कार्यक्रममा प्राइम कमर्सियल बैंकको मधेस प्रदेशको सिजन्ल मैनेजर भाष्कर मल्ल ठकुरी एवम बिरगंज शाखा प्रमुख मेघनाथ सोनार , कविता श्रेष्ठ , मर्यादा थापा , सालु सिंह , रिता साह , रुचि साह लगाएको पनि उपस्थिति थियो।
आजको रक्तदान कार्यक्रममा विभिन्न बैंकका कर्मचारीहरुले पनि रक्तदान गरेका थिए।रक्तदान गर्नेमा सिद्धार्थ बैंक , सिटिजन बैंक , लक्ष्मी बैंक , एनमबी बैंक लगायत अन्य थुप्रै बैंकका कर्मचारीहरुको उत्साहजनक सहभागिता रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताको उपस्थिति रहेको थियो ।
सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगन्जका प्राविधिक जितेन्द्र कुशवाहा , मनिष गुप्ता , नमित चौरसिया नेतृत्वको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए।