सिमलताल पहिरोमा परि बेपत्ता एन्जल बस ड्राइभरको दुई बच्चालाई मेयर सिंहले भेटी निसुल्क पठनपाठनको व्यवस्था मिलाए

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सिमलताल पहिरोमा परी बेपत्ता भएका एन्जल बसका चालक वीरगंज वडा न.१६ निवासी जवाहिर महतोका बच्चालाई भेट गर्दै उनीहरुको निशुल्क पठनपाठनको व्यवस्था मिलाउनु भएको छ ।

प्रमुख सिंहले सोही वडा नं. १६ नगवा स्थित सनलाइट मा.वि. मा दुबै जना बालकहरुको निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाउन लगाउनु भएको हो । श्याम कुशवाह कक्षा ४ र बिट्टु कुशवाह UKG मा अध्ययन गरिरहेका छन्।

सनलाइट मा.वि.का प्रधानाध्यापक आलोक चौरसियाले महानगर प्रमुखको आग्रहमा बालकहरुलाई कक्षा १२ सम्म निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई गएको असार २८ गते नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...