अजित कुमार भुजेल , बिरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र भारतिय महावाणिज्य दूतावास बिरगंज पर्साको सँयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलवार बिरगंज
महानगरपालिका वडा नं १६ नगवा चौक देखि रजतजयन्ती चौकसम्म बाटोको डिभाइजरमा बृहत बृक्षारोपण गरिएको थियो ।
भारतिय महावाणिज्य दूतावास बिरगंज पर्साका प्रमुख देवि सहाय मिनाको प्रमुख आतिथ्य तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा बिभिन्न जातजातिका ४० थान विरुवाहरु रोपिएको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।
सो कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई , ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष सन्जय शर्मा , सदस्य रत्न टेमानी , सुशील कादामीया , चन्द्र अग्रवाल ,त्रिलोक चन्द दारुका , राकेश अग्रवाल , कैलाश बजाज , संचारकर्मी संतोषमान रन्जितकार , सुस्मिता यादव , ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका ईन्चार्ज प्रबह बिबेक राउत कुर्मी , प्रबह प्रेम राम, प्रज पुर्ण कुमारी श्रेष्ठ , प्रज अम्मर सिंह साउद लगायतको सहभागीता रहेको थियो ।