राष्ट्रिय शिक्षा दिवसको अवसरमा “कक्षा कोठामा मेयर” कार्यक्रम अन्तर्गत आज सनलाईट माबि र कादम्बरि माबिमा बिधार्थि बीच मेयर सिंह

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय शिक्षा दिवसको अवसर पारी बिरगंज  महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यहाँका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

महानगर प्रमुख सिंहले ‘कक्षा कोठामा मेयर’ कार्यक्रम अन्तर्गत विद्यार्थीसँगै बसेर उनीहरुको पठनपाठनको अवस्था र विद्यालयको भौतिक स्थिति लगायतका बारेमा जानकारी लिनु भएको हो ।

उहाँले विद्यार्थीहरुलाई आफूसँग रहेको पाठ्य सामग्रीको अधिकतम उपयोग गर्दै पढाईमा ध्यान दिन आग्रह गर्नुभयो । अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समान रूपमा अघि बढाउन विद्यार्थीहरूलाई उनले आग्रह गर्दै विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका वारेमा पनि जानकारी लिनुभएको थियो ।

विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीहरूमा उत्साह जागृत भएको मेयर सिंह बताउनु हुन्छ । उहाँले आज बिरगंजको नगवास्थित सनलाईट मा.वि. र पावरहाउस स्थित कादम्बरी मा.वि.मा पुगेर विद्यार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी लिनु भएको थियो ।

महानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक अवस्था जानकारी लिने हेतुले आफू विद्यालयमा पुगेको उहाँको भनाई छ ।

महानगर प्रमुख सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरूलाई उत्प्रेरणा दिँदा विद्यार्थीमा अध्ययनका लागि झनै हौसला मिलेको सनलाइट मा.वि.का प्रधानाध्यापक आलोक चौरसियाले बताउनु भयो ।

महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरूको हौसला बढाउन कक्षा लिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...