बिरगंजमा अत्याधुनिक स्क्रिन हेयर एन्ड लेजर सेन्टरको मेयर सिंहले गरे उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा अत्याधुनिक स्किन हेयर एण्ड लेजर सेन्टर संचालनमा आएको छ ।

छालामा आएको कपाल, कोठी तथा ट्याटु हटाउनका लागि बिरगंजमै पहिलो पटक अत्याधुनिक उपकरणसहितको स्किन हेयर एण्ड लेजर सेन्टर संचालनमा आएको हो ।

बिरगंजको घण्टाघर नजिक संचालनमा आएको सेन्टरको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको थियो ।

उहाँले सेन्टरबाट प्रदान हुने गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा बिरगंजवासीले प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नु भयो ।
नयाँ नयाँ व्यवसाय संचालन हुनुले आर्थिक अवस्था चलायमान बनाउने भन्दै उहाँले युवा पुस्ता नविनतम कार्यमा जुट्नु खुसीको कुरा भएको पनि बताउनु भयो ।
सेन्टरमा अहिलेसम्म बिरगंजमै उपलब्ध नरहेका सेवाहरु
हाइड्रा फेसियल, ट्याटु रिमुभर, हेयर रिमुभर, कार्बन लेजर, मोल (कोठी) रिमोभर सेवा उपलब्ध रहेको संचालक आरपी जयसवालले जानकारी दिनुभयो ।

यसका साथै आफूहरुले चाँडै नै सिओटु लेजर सेवा समेत उपलब्ध गराउने तयारीमा जुटेको पनि बताउनुभयो ।
शुक्रबारका दिन १ सय रुपैयाँमै ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको भन्दै उहाँले सेवाग्राहीलाई सबै खाले लेजर सेवामा ३० प्रतिशत छुट दिने पनि बताउनु भयो ।

कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, डा. स्मिता झा
डा.स्वाती साह लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...