अजित कुमार भुजेल , बिरगंज । नेपालमा महिला भलिबलको ईतिहासमा पहिलो पटक फ्रेन्चाइज लिगको आयोजना हुने भएको छ ।
जस्मा मधेश स्पोर्ट्सको स्वामित्व रहेको मधेश युनाइटेड सहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन। इन्फिनिटी ड्रिम्सकआयोजनामा यही असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए।
बिरगंजको होटल मकालुमा मधेश युनाइटेडका सन्चालक समुह मधेश स्पोर्ट्सद्वारा आयोजित प्रेस सम्मेलनमा सो जानकारी दिइएको हो ।
सो लिगको प्रत्येक टिममा १२ जना खेलाडी सहभागी रहेकोमा मधेस युनाइटेडबाट ३ विदेशी खिलाडी र ८ नेपाली खेलाडी गरि ११ जना खेलाडी छनोट भएका छन , भने बाकी एक खेलाडी छनोटका लागि युनाइटेडले मधेश क्षेत्रका प्रतिभावान खेलाडीहरुको क्षमता पहिचान गर्न यही असोज ४ गते शुक्रबार दिनको २ बजे देखि बिरगंजको ज्ञानदा एकेडेमीमा ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरि प्रत्यक्ष रुपमा १ खेलाडी छनोट गर्न लागिएको र सो छनोट भएको खेलाडी मधेश युनाइटेडबाट खेल्नेछ भने अर्को वर्षको लागि राष्ट्रिय टिममा पर्ने जानकारी पत्रकार सम्मेलन मार्फत जानकारि गराईएको थियो ।
यस्तै गरि असोज ४ गते शुक्रबारका दिन बिरगंजको घण्टाघरमा साझ ६ बजे एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफीको प्रदर्शनी गरिने युनाइटेड टिमका सिईओ संज्ञा श्रेष्ठले बताएका छन ।
लिगको ट्रफीलाई सहभागि सम्पुर्ण टिमको क्षेत्रमा टुर गराउँदै भलिबल र यस लिगलाई थप चर्चित बनाउने र धेरै भलिबल समर्थक माझ पुऱ्याइ लोकप्रिय बनाउनुको साथै देशका कुनाकाप्चाबाट महिला भलिबल खेलाडी उत्पादन होस भन्ने उदेश्य अनुरुप ट्रफी टुर आयोजना गरिएको पनि बताउनु भयो ।
साथै मधेशको टिमलाइ, खेलाडीलाइ विभिन्न माध्यमले प्रोत्साहन गरि पहिलो पटक आयोजना भैरहेको लिग प्रतियोगिताको विजेता बनाउन हौसला प्रदान गरि दिन हुन सम्पुर्ण मधेशवासी एवं देशवासिलाइ आग्रह गरेका थिए ।
मधेश युनाइटेडको खेलाडीहरुमा संगम महतो, शान्तिकला तामाङ, पुजा थारु,जसना महतो, हिरा केसी, एलिसा मानन्धर, आशिका क्षेत्री ,नेपाली राष्ट्रिय टोलिका सदस्य निरुता ठगुन्ना मार्की प्लेयर रहेको र ३ विदेशी खेलाडिहरुमा कजाकिस्तानका आउटसाईडर हिटर कालिनोभा यभजेनिया, ट्युनिसियाका मिडल ब्लकर योस्रो जेरामदिनी र भारतका भलिबल टिमका कप्तान एवं सेन्टर जिनि कोभात रहेका छन भने १ खेलाडीको चयन शुक्रबारको ट्यालेन्ट हन्ट प्रतियोगिताबाट चयन गरिने जानकारी दिइएको थियो ।
सो प्रेस सम्मेलनमा मधेस युनाइटेड टिमका संचालक रोहित अग्रवाल,अनुज रुङटा,विशाल अग्रवाल,दिपेश अग्रवाल, संजय अग्रवाल र टिमका हेड कोच नेपाल राष्ट्रिय भलिबल प्रशिक्षक भरत कुमार यादव लगायत सन्चारकर्मिहरुको सहभागिता रहेको थियो।