तेरापन्थ युवक परिषद बिरगंजको ११ दिने वृहत रक्तदान कार्यक्रम अन्तर्गत आज ७ औं दिन किरण आखा अस्पतालमा रक्तदान , २ महिला सहित २७ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । तेरापंथ युवक परिषद बिरगंजको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत सोमबार  किरण आखा अस्पताल  बिरगंजमा आयोजना भएको रक्तदान कार्यक्रममा २ महिला सहित २७ जनाले रक्तदान गरेका थिए  ।

रक्तदान गर्नेहरुमा  कविता पोखरेल , कृष्ण दास ,  निरज गुप्ता , कम्लेस कमकर  , राजन साह सोनार , सुमित कुमार साह , अर्जुन पटेल , गणेश अग्रवाल  लगायतले आआफ्नो अमुल्य रगतको दान गरि मानवता बलियो बनाएको यस कार्यक्रमका सहसंयोजक नरेश भंसालीले जानकारी दिनुभयो ।

तेरापंथ युवक परिषद बिरगंजको उपाध्यक्ष पीयूष जम्मड कार्यक्रम सहसंयोजक नरेश भंसाली , प्रदिप बैद लगायत किरण नेत्र अस्पतालका संचालक अमर कयालको पनि उपस्तिथि रहेको थियो। वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , रेडक्रस सोसाइटी  रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताको समेत उपस्थिति रहेको थियो।

तेरापन्थ युवक परिषद वीरगन्जले गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमबाट १५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य अनुसार आज ७ औ दिन विरगंजको बाईपास रजतजयन्ती चौक स्थित  किरण आँखा अस्पतालमा  रक्तदान कार्यक्रमको आयोजना गरिएको हो र यो क्रम सबैको सहयोगमा विभिन्न कलकारखाना , अस्पताल , क्लिनिक, संघसंगठन, विधालय लगायतको स्थानहरुमा असोज ४ गते सम्म निरन्तर आयोजना गरिने जसबाट रक्तसञ्चार  केन्द्र बिरगंजमा भएको रगतको अभाव केही हद सम्म पूरा गर्ने योजना रहेको हो ।

रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डे र प्राबिधिक  दिलमाया घिमिरे  लगायत रेडक्रसका  स्वयंसेवकहरुको टिमले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...