अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा रहेको दर्शी अटोमोबाइल्स प्रा.लि. ले आइतबार एक कार्यक्रम बीच ओमोडा – E5 र जेको- J6 दुई मोडेलको बिधुतिय गाडी सार्वजनिक गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह, बिशिस्ट अतिथि सखुवा प्रसौनी ग.पा.का मेयर जसवन्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सामुहिक रुपमा सो गाडीको अनावरण गरेका थिए ।
एसपीजी अटोमोबाइल्स प्रा.लि.का आधिकारिक बिक्रेता दर्शी अटोमोबाईल्स प्रा.ली. बिरगंजको आदर्शनगरमा रहेको सोरुममा हाल दुई मोडलका गाडी ओमोडा- E5 डिएलएक्स र जेको – J6 रहेको छ ।
ओमोडा –E5 डिएलएक्सको ५५.९९ लाख र ओमोडा – E5 एलयुएक्सको ६१.९९ लाख छ भने जेको -J6 को मुल्य ६९.९९ लाख पर्ने भएपनि चाडपर्वको अवसरमा ३ लाख सम्म छुटको व्यवस्था रहेको दर्शी अटोमोबाईल्स प्र. लि. का अध्यक्ष मोहित कुमार अग्रवालले जानकारी दिनुभयो ।
दर्शि अटोमोबाइल्सका प्रा. लि. बिरगंजका अध्यक्ष मोहित कुमार अग्रवालले भन्नुभयो, “हामीले ओमोडा-E5 र जेको- J6 का लागि बजारबाट अत्यन्त उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं । यस उत्पादन लञ्च कार्यक्रम मार्फत हामी हाम्रा ग्राहकहरूलाई साटासुद्दी, वित्तीय सेवा र विद्युतीय सवारी साधनको नवीनतम प्रविधि प्रस्तुत गर्दै सुविधाजनक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँछौं।
हामी बिरगंजमा आगामी केही महिनाभित्र नवीनतम प्रविधि र नवप्रवर्तनको सेवा दिन एक नयाँ स्वरुम खोल्ने घोषणा गर्न पाउँदा उत्साहित छौं। हामी हाम्रा ग्राहकहरूलाई चाडपर्वको समयमा भविष्यको गाडी अनुभव गर्नका लागि हाम्रो सोरुममा स्वागत गर्छौं उनले बताए ।
एसपीजी अटोमोबाइल्सका वरिष्ठ प्रबन्धक अशिष दाहालले भने, “हामी नेपालभर हाम्रो नेटवर्क विस्तार गर्न र ग्राहकहरूलाई उन्नत प्रविधि र नविन डिजाइन प्रदान गर्न प्रतिबद्ध छौं, जसमा चार्जिङ स्टेसन र सेवा केन्द्रहरूको विस्तार पनि समावेश छ। दर्शी अटोमोबाइल्स प्रा. लि.ले वीरगंजका ग्राहकहरूलाई बिक्री, सेवा र स्पेयर पार्ट्सको एकीकृत सुविधा प्रदान गर्दै आएको छ। वीरगंज सँगै, नेपालभर १५ भन्दा बढी सेवा नेटवर्कहरू छन्, र आगामी केही महिनामा ५० भन्दा बढी क्षेत्रमा चार्जिङ स्टेसन विस्तार गर्ने योजना छ।”
ओमोडा -E5 डीएलएक्स र ओमोडा -E5 एलयूएक्सको विशेषता यसमा ४३० किमी रेन्ज, १८० मिमीको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर रहेको छ।
जेको-J6 यसले ४०० किमीको रेन्ज , १३५ किलोवाट मोटर पावर, १८४ पीएस हर्सपावर र २२० एनएम टर्क प्रदान गर्छ। जेको -J6 मा लिथियम आइरन फस्फेट ब्याट्री, छवटा एयरब्याग, प्यानोरामिक सनरुफ, १५.६ इन्चको केन्द्रीय कन्ट्रोल प्रणाली, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र अगाडि र पछाडि डुअल मोटरको सुविधा रहेको छ भने २०% डाउन पेमेन्ट र ८० % बैंक फाईनान्सको सुबिधा सहित सो बैक ब्याज ८.५ % लाग्ने र ८ बर्षको वारेन्टी समेत रहेको अध्यक्ष अग्रबाल बताए ।
सो कार्यक्रममा दर्शी अटोमोबाईल्स प्रा. लि. बिरगंजका प्रबन्धक निर्देशक हिमान्शु चौधरी , रितिक चौधरी , एसपिजि अटोमोबाईल्सका वरिष्ठ प्रबन्धक आशीष दाहाल , डिलर ईन्चार्ज सबिन पान्डे , पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी , पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल , पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम , न्युज २४ का केन्द्रिय ब्युरो प्रमुख राजु श्रेष्ठ , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं ,उद्योगपति, व्यापारी,सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।