तेरापन्थ युवक परिषद बिरगंजद्वारा त्रिवेणि ग्रुप छातापिपरा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ११६ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । तेरापंथ युवक परिषद बिरगंजको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत आईतबार त्रीवेणी ग्रुपमा आयोजना भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ११६ जनाले  रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा नमु थापा, रूवावती चौधरी, लक्ष्मी तिमिल्सिना , सालीनी चौधरी, चंद्रकला राई , मनिषा गौतम, बिबेक चौधरी, संसार गीरी, अनील साह, राजेश प्रसाद पटेल लगायतले आआफ्नो अमुल्य रगतको दान गरि मानवता बलियो बनाएको यस कार्यक्रमका सहसंयोजक नरेश भंसालीले बताउनु भयो ।

तेरापंथ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको ,मानव अधिकारकर्मी राजेश जैन बोथरा , परिषदका उपाध्यक्ष पीयूष जम्मड,पंकज बैद, कार्यक्रम संयोजक धिरज बोरड, सहसंयोजक नरेश भंसाली ,राजेश पुग्लिया, प्रदिप वैद, सुरेश मनोत लगायत त्रीवेणी संस्थाका अजय कन्दोई ,सुभम खण्डेलवाल एवं प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।

तेरापंथ युवक परिषद बिरगंजले गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमबाट १५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य अनुसार आज छठौ दिन बाराको छातापिपरा स्थीत त्रीवेणी ग्रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो र यो क्रम सबैको सहयोगमा विभिन्न कलकारखाना , अस्पताल , क्लिनिक, संघसंगठन, स्थानहरुमा असोज ४ गते सम्म निरन्तर आयोजना गरिने जसबाट रक्तसञ्चार केन्द्र बिरगंजमा भएको रगतको अभाव केही हद सम्म पूरा गर्ने योजना बनाएको हो ।

रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ पाण्डे र प्राबिधिक मनीस साह, अजय साह लगायत रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...