बिरगंज महानगर पालिकाले बनाएको बजार अनुगमन निर्देशिका बादरको पुच्छर न हतियार भएको छ

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिकाले बनाएको बजार अनुगमन निर्देशिका बादरको पुच्छर न हतियार भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च पर्साको उजुरीको आधारमा बिरगंज महानगर पालिकाको नेतुत्वमा गएको बजार अनुगमन टोलिले आज बिरगंज वडा न.१४ पिपरा स्थित भाटभटेनी सुपर मार्केटको चौथो तल्लामा रहेको होटेल र रेस्टुरेन्टमा अनुगमन गर्ने क्रममा म्याद  गुज्रिएको खाद्यान्न सामाग्री फेला पार्दा पनि न्यून जरिवाना रु. २५०० गर्ने भनेपछि अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेलले असहमति जनाएपछी रु.५०००/-  जरिवाना गरेको र महानगरको कार्यबिधी अनुसार यो भन्दा बढी गर्न नमिल्ने महानगरका खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार लाल दासले बताए ।

उपभोक्ता ऎन २०७५ अनुसार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वा जिल्ला प्रशासन कार्यालय पर्साको नेतुत्वमा आज भाटभटेनीमा अनुगमन टोलि गएको भए कम्तीमा ३ लाख जरिवाना र रेस्टुरेन्ट समेत सिलबन्दी हुन्थ्यो , मञ्चका उपाध्यक्ष भुजेलले जानकारी दिनुभयो ।

तर बिडम्ना मधेस प्रदेशको एकमात्र महानगर पालिका बिरगंजले हिजोको दिनमा व्यापारीको प्रतिनिधि मेयर हुदा बनाएको बजार अनुगमन निर्देशिकामा बजारमा व्यापारीले जति सुकै बदनियतपुर्वक बदमासी गर्दा पनि अधिकतम रु. ५ हजार  भन्दा माथि जरिवाना गर्ने व्यवस्था नगरेर व्यापारी र काला बजारीको हितमा बजार अनुगमन निर्देशिका कायम राखेर महानगरले के बजार उपभोक्ताको हितमा र उपभोक्ताको पक्षमा काम गर्न सक्छ ?

उपभोक्ता हित संरक्षण मञ्च पर्साले पटक पटक बिरगंज  महानगरका मेयरलाई बर्तमान बजार अनुगमन निर्देशिका खारेज गर्न र उपभोक्ता हितमा साचिकै महानगर काम गर्न चाहन्छ भने उपभोक्ता हित तथा बजार व्यवस्थापन र नियमन कानुन किन बनाईरहेको छैन , उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय  उपाध्यक्ष अजय अधिकारीले प्रश्न गर्नु भयो ।

यदि बिरगंज महानगर पालिकाका मेयर , उपमेयर साच्चिकै निमुखा जनतका पक्षमा छन् कि ठगी गर्ने काला व्यापारीको पक्षमा हो ? आज सबत्र बिरगंजका जनताहरु यहि प्रश्न सोधीरहेका छन कि यत्रो ठुलो बदमासि र लापरबाही गर्दा पनि जरिवाना मात्र रु.५ हजार , जबकी सडकमा जथाभावी फोहोर फाल्ने पसलहरु , होटेल  र बैंकलाई १० देखि २५ हजार र छाई फ्याक्ने उद्योगलाई ५० हजार देखि ३ लाख रुपैया  जरिवाना गरेको थियो ।

अनुगमनका  क्रममा म्याद गुज्रेको मैदा २० केजिको ४ बोरा, बेसन ५०० ग्रामको ४ पाकेट , चाउमिन ४ पाकेट , अमृत ध्यु ५०० ग्रामको ६ पाकेट मन्छुरियम १ पाकेट र चिकेन नगेट २ पाकेट नियन्त्रणमा लिइ  होटेलका प्रतिनिधि र अनुगमन टोलिको रोहबरमा म्याद गुज्रेको सामान नस्ट गरिएको थियो ।

<span;>अनुगमन टोलिमा बिरगंज महानगर पालिकाका खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार लाल दास , खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिरगंजका प्रमुख सुरेश सिंह , नापतौल तथा गुणस्तर कार्यालय बिरगंजका अधिकृत आनन्द कुमार गुप्ता , वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका अधिकृत मधुलेश साह , घरेलुु तथा साना उद्योग कार्यालय बिरगंजका सुदर्शन आचार्य , उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल , होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्थ , बिरगंज उद्योग  बाणिज्य संघका मनोज कुमार दास , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक कृष्ण सिंह ठकुरी लगायतको टोलि रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...