अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलद्वारा साइबर अपराध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले जिल्ला प्रहरी कार्यालयको सहयोगमा बिरगंज वडा न. ५ स्थित मास्कोट एकेडेमीमा साइबर अपराध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक प्रहरि स्कुलमा आयोजित सो प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायब निरीक्षक स्वपनिल देवकोटाले स्कुलका कक्षा ९ र १० मा अध्ययनरत बिधार्थिहरुलाई वृत्तचित्र प्रदर्सन मार्फत साइबर अपराध के के हुन , त्यसले गर्दा हुने समस्या ,हानि नोक्सानीहरु के कस्ता हुन्छन , त्यसको जरिवाना र सजायहरु के कति छन र त्यसबाट कसरी जोगिन सकिन्छ भनी समाधानहरुको बारेमा व्यापक रुपमा बताउदै प्रशिक्षण प्रदान गर्दै सम्पुर्ण बिद्यार्थीहरुलाई सचेत रहि सुरक्षित रहन आग्रह गरेका थिए।
सो प्रशिक्षणको क्रममा बिद्यार्थीहरुले आआफ्नो प्रश्न, जिज्ञासाहरु सोधेका थिए भने प्रमुख अतिथी देवकोटाले राम्रोगरी सम्झाएर सन्तुष्ट पारेका थिए ।
सामुदायिक प्रहरी कुम्हालटोलका बरिस्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रममा सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार एवं मुनलाइट स्कुलका डाइरेक्टर श्याम केसि,मेरिगोल्ड स्कुलका डाइरेक्टर अनमोल कोइराला, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , जिल्ला प्रहरी पर्साका प्रहरी हवल्दार मनोज बैठा,सामुदायिक प्रहरी कुम्हालटोलका सदस्य एवं वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ता,ज्ञानमाया रायमाझी ,अभिलाष गुप्ता, ईन्दिरा पोखरेल,रितु घिमिरे, प्रहरी हवल्दार कुमार विक लगायत स्कुलका शिक्षकहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण कुम्हालटोल सामुदायिक सेवा केन्द्रका सचिव श्रवण बहादुर रायमाझिले गरेका थिए ।