लिभिङ बिथ ईन्भायोरन्मेन्टको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न , गौतम माबि प्रथम , द्रितिय र माईस्थान विद्यापिठ तृतिय स्थान हासिल

Date:

अजित कुमार भुजेल , बिरगंज । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

लिभिङ बिथ ईन्भायोरन्मेन्टको आयोजनामा बिरगंज पब्लिक कलेजको सभाकक्षमा ” ओजन फर लाईफ ” बिषयमा भएको सो प्रतियोगितामा ११ बिधालयका विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा ओजनको अवस्था , त्यसको काम , मानव जिवनमा त्यसको महत्व र भुमिका , ओजनको संरक्षणका लागि खेल्नु पर्ने भुमिकाका बिषयमा विद्यार्थीहरुले आआफ्नो भनाई राखेका थिए ।

सो प्रतियोगितामा गौतम माबिका स्पन्दन चौधरी प्रथम , आनन्द चौधरी द्वितिय र माईस्थान माबिकि रुपा गिरि तृतिय भएको थिए ।

प्रतियोगितामा बिजयि भएका विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान प्रमुख अतिथि डा. सुश्मा तिवारीले प्रदान गर्नु भएको थियो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य केसि लामिछाने ,जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ , राष्ट्रिय भुमि आयोग पर्साका अध्यक्ष तबरेज आलम तथा लिभिङ बिथ ईन्भायोरेन्मेन्टका केन्द्रिय सचिव देवेश सरार्फले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

फिरोज अन्सारीको अध्यक्षतामा भएको सो कार्यक्रममा ईक्वाल हैदर , दिपेश बर्णवालले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सन्चालन आयुस्मा सरार्फले गरेकि थिईन भने कार्यक्रममा सहभागी सबै प्रतियोगिलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा आशुतोष चौधरी , योगिशा श्रेष्ठ , खालिद रेजा अन्सारी , सोनि साह कलवार , मुस्कान बर्णवाल , आकाश साह लगायतले भाग लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...