मृतकजन र जिल्ला प्रहरी कार्यालय पर्सा बीच ठक्कर दिनेलाई कार्वाही गर्ने सहमति भएपछी प्रदर्सन फिर्ता

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.२ छपकैया निवासी महम्मद फ्याजुल हकको गाडि दुर्घटनामा परि घाइते भएपछि वयोदा अस्पतालमा उपचारको क्रममा सोमबार राति निधन भएको थियो ।

निधन भएपछी पोस्टमार्टमको लागि बिरगंजको नारायणी अस्पतालमा ल्याएको थियो । लास बुझ्नु अगाडि पर्सा प्रहरीले जाहेरी दर्ता गर्न नमान्दा मृतकका आफन्तले नारायणी अस्पताल अगाडि टायर बालेर बिरोध प्रदर्शन गरेका थिए ।

गए बिहीबार राति ११:५६ बजेको समयमा बिरगंज बसपार्क बाईपासरोड सडकखण्डमा गाडि सिक्ने क्रममा गाडि न. BR22BC0492 नम्बरको भारतीय  गाडीले बिरगंज महानगर पालिकाको सूचना प्रबिधि शाखामा कार्यरत मोहम्मद फैजुल हक सवार बागमती प्रदेश ०३-००५ प ५७२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उनको उपचारको क्रममा सोमबार वयोदा अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृतकका आफन्तजनले ठक्कर दिनेलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै नारायणी अस्पताल अगाडि प्रदर्सन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले मृतकका आफन्तजनलाई बार्ताका लागि जिल्ला बोलाई जाहेरी दर्ता गरेपछी कार्वाही गर्ने सहमति भएपछी प्रदर्शन शान्त भएको र   आफन्तजनले लास बुझेका थिए ।
पारिवारिक स्रोत अनुसार गाडी चलाउने बिरगंज महानगर पालिका वडा न.१० असोक बाटिका निवासी कृष्ण कुमार सरार्फको छोरी बर्ष २० को प्रिया कुमारि सरार्फ रहेको र उनिसङ्ग बिरगंज महानगर पालिका वडा न.३ निवासी मधुसुदन सरार्फको छोरा बर्ष २६ को राहुल राज सरार्फ पनि सवार रहेको बताएका  थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...