मृतक फैजुललाई ठक्करदिनेलाई कार्वाही गर्ने भएपछी नारायणी अस्पताल अगाडिको प्रदर्शन शान्त

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.२ छपकैया निवासी महम्मद फ्याजुल हकको गाडि दुर्घटनामा परि घाइते भएपछि वयोदा अस्पतालमा उपचारको क्रममा सोमबार राति निधन भएको थियो ।

निधन भएपछी पोस्टमार्टमको लागि बिरगंजको नारायणी अस्पतालमा ल्याएको थियो । लास बुझ्नु अगाडि पर्सा प्रहरीले जाहेरी दर्ता गर्न नमान्दा मृतकका आफन्तले नारायणी अस्पताल अगाडि टायर बालेर बिरोध प्रदर्शन गरेका थिए ।

गएको  बिहीबार राति ११:५६ बजेको समयमा बिरगंज बसपार्क बाईपासरोड सडकखण्डमा गाडि सिक्ने क्रममा गाडि न. BR22BC0492 नम्बरको भारतीय  गाडीले बिरगंज महानगर पालिकाको सूचना प्रबिधि शाखामा कार्यरत मोहम्मद फैजुल हक सवार बागमती प्रदेश ०३-००५ प ५७२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उनको उपचारको क्रममा सोमबार वयोदा अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृतकका आफन्तजनले ठक्कर दिनेलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै नारायणी अस्पताल अगाडि प्रदर्सन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले मृतकका आफन्तजनलाई बार्ताका लागि जिल्ला बोलाई जाहेरी दर्ता गरेपछी कार्वाही गर्ने आश्वासन पाएपछी प्रदर्शन बन्द गरि लास आफन्तजनले बुझेका थिए ।

पारिवारिक स्रोत अनुसार गाडी चलाउने बिरगंज महानगर पालिका वडा न.१० असोक बाटिका निवासी कृष्ण कुमार सरार्फको छोरी बर्ष २० को प्रिया कुमारि सरार्फ रहेको र उनिसङ्ग बिरगंज महानगर पालिका वडा न.३ निवासी मधुसुदन सरार्फको छोरा बर्ष २६ को राहुल राज सरार्फ पनि सवार रहेको बताएका  थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...