छ्पकैया -२ छटघाट धर्मशालामा निसुल्क आखा शिबिरमा १०५ जनाले चेकजाच गरेकोमा २१ जनामा मोतियाबिन्द फेला , उनिहरुको निसुल्क अपरेसन हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र सामुदायिक सेवा केन्द्र छ्पकैया-२ तथा राईजिङ्ग नेपाल बिरगंजको सन्युक्त आयोजनामा बिरगंज सामुदायिक आखा अस्पतालको प्राबिधिक सहकार्य तथा वडा समितिको कार्यालय वडा न.२ को सहयोगमा       निशुल्क आखा शिबिर सन्चालन भएको थियो ।

बिरगंज वडा न.२ छ्पकैया छटघाट स्थित धर्मशालामा निसुल्क आखा शिबिरमा ६० जना पुरुष र ४५ जना महिला गरि जम्मा  १०५ जनाले आखा चेकजाच गरेकोमा २१ जनामा मोतियाबिन्द फेला परेको थियो र अन्यलाई औषधि समेत बितरण गरिएको थियो ।

मोतियाबिन्द भएका व्यक्तिहरुको सामुदायिक आखा अस्पतालले भोलि चेकजाच पछी निसुल्क मोतियाबिन्दको अपरेसन गर्ने सामुदायिक आखा अस्पतालका सन्योजक महेश सिंह धामिले जानकारी दिनुभयो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छ्पकैया -२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको प्रमुख आतिथ्यमा र वडा न.२ का वडा अध्यक्ष मो. रेयाज मिया तेलिको बिशिस्ट आतिथ्यमा महिला सदस्य श्रीमती संगीता थापा भुजेल , सामुदायिक आँखा अस्पताल बिरगंज पर्साका सन्योजक महेश सिंह धामी , सामुदायिक सेवा केन्द्र छ्पकैयाका वरिष्ठ उपाध्यक्ष म. अब्दुल हक , सचिव प्रबिण बिक्रम शाह , कोषाध्यक्ष प्रेम कुमारि सिंह , सदस्यहरु अजित कुमार भुजेल , अब्दुल कैश तेलि , अरुण कुमार गोयल , समाजसेबि कमल महतो , छ्पकैया प्रहरी बिटका प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद  यादव , सामुदायिक सेवा केन्द्र छ्पकैयाका प्रहरी हवल्दार लालबाबु प्रसाद कुशवाह लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिश्व योग दिवसलाई भब्य बनाउन रक्सौलमा ब्यापक जनसम्पर्क अभियान

पर्सा पोस्ट, असार ०५ गते, रक्सौल। १२ औँ विश्व योग...

डि’ चिल्ड्रेन गार्डेन मन्टेसरीद्वारा दुई जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज । वीरगञ्जस्थित...