पर्सा प्रहरीले ठुलो मात्रामा लागु औंषध गाजा र चरेस सहित फुलसरिफ मियालाई नियन्त्रणमा लियो

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले ठुलो मात्रामा लागु औंषध गाँजा र चरेश सहित एक व्यक्तिलाई  पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा ठूलो मात्रामा लागु औषध बरामद गर्दै एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बिहीबार बिहान ८ः०० बजे पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ स्थित अकवा गाउँको बाँसघारी क्षेत्रमा विभिन्न किसिमका लागु औषधहरू खरिद विक्री भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले छापामारी गरेको हो ।

उक्त छापामारीका क्रममा पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं.१ मुदुली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई संकास्पद रूपमा लुकिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा फुलसरिफ मियाँको साथबाट ३० केजी लागु औषध गाँजा बरामद भएको थियो। निजसँग गरिएको सोधपुछमा उनले नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाइएको थप लागु औषध रहेको जानकारी दिएका थिए ।

प्रहरी टोलीले उक्त स्थानमा खोजी गर्दा १९२ केजी लागु औषध चरेश र २६७ केजी गाँजाको धुलो (पोलाण्ड) पनि बरामद गरेको छ ।
पक्राउ परेका फुलसरिफ मियाँलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी दिपक भारतिले  जानकारीे दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्या सदन बन्यो अक्षरारम्भ कप २०८३ को च्याम्पियन, ज्ञानोदयलाई ७१ रनले पराजित गर्दै ऐतिहासिक उपाधि हात पार्‍यो

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज। वीरगञ्जमा आयोजित अन्तरविद्यालयस्तरीय क्रिकेट...

छठ पर्वमा रुङ्टा वेलफेयर सोसाइटीद्वारा ११५० व्रतालु महिलालाई साडी र आटा वितरण

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज । छठ पर्वको अवसरमा...

छठ पर्वको खुसी विपन्न परिवारसँग बाँडे शेख रुस्तमले, १०० परिवारलाई साडी, खाद्यान्न र नगद सहयोग

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज। छठ पर्वको खुसी समाजका...

सांसद हरि पन्तको पहलमा छठअघि नै सङ्लियो सिर्सिया नदी, गण्डक नहरको पानी मिसाएर बनाइयो सफा

पर्सा पोस्ट, कार्तिक २९ गते, वीरगञ्ज। लोकआस्थाको महापर्व छठपूजाको पूर्वसन्ध्यामा...