नेपाली काङ्ग्रेस पर्साका उपसभापति कुर्मीद्वारा दुर्घटना प्रति दु:ख व्यक्त

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मिले चितवनको नारायणगढ मुग्लिङ्ग सडक खण्डको सिमतालमा पहिरोका कारण  भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

उपसभापति कुर्मीले चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा दुई यात्रु वाहक बसलाई  पहिरोले बगाउँदा करिब पाच दर्जन यात्रु   बेपत्ता भएको घटनाप्रती दु:ख व्यक्त गरेका छन ।

आज बिहान ३ः३० बजे  बा ०३-००६ ख १५१६ नंबरको बिरगंजबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस र ०३-०००१ख २४९५ को काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बस त्रिशूलीमा खसेका हुन्।

दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपसभापति कुर्मीले उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेका छन । गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना सवार रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको...

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...