पहिरोमा परेर बेपत्ताका आफन्तहरुलाई होटेल व्यवसायी महासंघले यातायात , खाना र आवासको निसुल्क व्यवस्था गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । होटेल व्यवसायि महासंघले बेपत्ताका आफन्तहरुलाई यातायात र आवासको निसुल्क व्यवस्था गर्ने भएको छ ।

नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तिन बजे तिर पहिरोमा परेर  दुईवटा यात्रु बाहक बस सवार भएकाहरु बेपता भएको छन् ।

उनीहरुको खोजी कार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ । उक्त पहिरोमा हराई रहेकाहरुका आफन्त घटनास्थलमा जान चाहनेहरुका लागि होटल व्यवसायी महासंघले निःशुल्क बसको व्यवस्था तथा त्यहा बस्न र खानाको समेत व्यवस्था गर्ने होटल व्यवसायी महासंघका सचिव तथा होटल तथा पर्यटन व्यावसायी संघ बिरगंजका अध्यक्ष हरि पंतले जानकारी दिनुभयो ।

पन्तले नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा परि बिरगंजबाट छुटेको बस र काठमाडौंबाट रौतहटको गौर आईरहेका दुई ओटा बस त्रिसुलिमा खसेर बेपत्ता भएको खबरले अत्यन्तै दुखी तुल्याएको भन्दै परिवारका अन्य सदस्यलाई त्यहाँ पुरयाउने कार्यमा सहयोग गर्ने निर्णय गरिएको बताए ।

त्यहाँ सम्म पुगेर उद्दार तथा खोजबिन कार्य सकिएर पनि बिरगंज नफर्के सम्म त्यही खाना र बासको समेत निशुल्क व्यवस्था मिलाईने पन्तले बताए ।

उक्त दुर्घटनामा परेका परिवारजनले होटल व्यवसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको मोवाईन नम्बर ९८५५०२१५२४, होटल ब्यबसायी महासङ्ग नेपालका अध्यक्ष एवम नारायणघाट स्थित होटल गङ्गोत्री पुल्चोकका संचालक दिनेश चुकेको सम्पर्क नम्बर ९८५५०५६०२६ र होटल ब्यबसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट अध्यक्षको मोवाईल नम्बर ९८५५०१४१८० मा फोन गरेर सहयोग लिन समेत अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...