बहिरा विद्यार्थीहरुको १ हप्ते अचार बनाउने तालिमको समापन

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा बहिरा संघको आयोजनामा तथा बिरगंज महानगरपालिकाको आर्थिक सहयोगमा बिरगंज महानगरपालिका बहिरा विद्यालय  राधेमाई-१३ मा १ हप्ते अचार बनाउने तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा बहिरा संघका उपाध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा तथा बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

गरिविशेष गरि बहिरा नागरिकले सीप सिकेर आफैले पनि कुनै व्यवसाय गरेर आय आर्जन गर्न सकिन्छ भनी उदेश्य राखेका तालिम आज सुसम्पन्न  गर्दै  प्रमाणपत्र वितरण गरियो तथा संस्थागत नेतृत्व क्षमता विकास तथा जनवकालत सम्बन्धि १ दिने तालिम पनि गरिएको थियो ।

सो कार्यक्रममा वडा न.१३ का वडा अध्यक्ष हिरा गिरि , बहिरा बिधालयका प्रधानाध्यापक सगुन श्रेष्ठ , पर्सा बहिरा संघका अध्यक्ष सुमित्रा सापकोटा , कोषाध्यक्ष जुल्फकार अन्सारी , सदस्य कृष्ण टिबडेवाल , जगदीश कामति , शिल्पा कुमारि कर्ण , रिता क्षेत्री , प्रशिक्षक सानु राणा , दोभाषे अर्चना कर्ण , प्रिन्स यादव , बिकास पटेल , सुरेन्द्र महतो लगायत बहिरा विद्यार्थीहरु ,अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...