शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्साको बैठक विभिन्न निर्णय गरि सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्साको बैठक आज सम्पन्न भएको छ।

प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षतामा भएको सो बैठकमा विभिन्न समसामयिक बिषयहरुमाथि छलफल गर्दै विभिन्न कार्यक्रम गर्ने निर्णय समेत भएको थियो ।

संस्थाका वरिष्ठ सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले विभिन्न सरकारी गैर सरकारी निकाय संस्थाहरु संघ समन्वय गरि अगाडि बढन र सस्थालाई चलायमान बनाउन सबैले आआफ्नो ठाउबाट सुझाव र सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो ।

<span;>सो बैठकमा सस्थाका उपाध्यक्ष पवन दिप कौर अग्रवाल, सचिव लालबाबु सिंह , सह सचिब अजित कुमार भुजेल, कोषाध्यक्ष बिना आचार्य, वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, प्राध्यापक डा.प्रमोद कुशवाह, जय कुमार दनुवार समेत सदस्यहरू प्रभु रौनियार , शान्ति माली,नवराज भट्टराई,ओसन गुप्ता, शर्मा गोसाई, ,नेहा मिश्रा साथै आमन्त्रित सदस्य अभिलाश कुमार गुप्ता,अरूण पुरी र आकाश दासको समेत उपस्थिती रहेको थियो।

बैठकले यहि असार १५ गते शनिबारबारका दिन बिरगंज वडा न.१६ स्थित नेपाल प्रौढ संघ बृद्वा आश्रममा  बृक्षारोपण गर्ने , विभिन्न विद्यालयहरुमा छात्राहरूलाई महिनावारी सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु क्रमशः गर्ने र सामाजिक अभियन्ता अभिलाष गुप्तालाई प्रतिष्ठानको सदस्यमा मनोनित गर्ने समेत निर्णय गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...