बिरगंज महानगरमा उत्कृष्ट काम गर्ने कर्मचारी र राउन्ड टेबल सम्मानित

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाले वर्ष भरि गरेको कार्य सम्पादन मूल्यांकनका आधारमा महानगरको एक जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ ।

महानगरपालिकाको १५ औं नगरसभाले महानगरको सवारी शाखामा कार्यरत स्काभेटर चालक मंगरु डोमलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको हो ।

सार्वजनिक अतिक्रमित जग्गा नियन्त्रणमा ल्याउन अहोरात्र खटेर उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै उनलाई महनगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराइले संयुक्त रुपमा प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मानित गर्नुभएको हो ।

यस्तै महानगरको शैक्षिक क्षेत्र सुधारका लागि योगदान पु¥याउने संस्था मध्ये राउण्ड टेबल नेपाललाई पनि सम्मानित गरिएको छ । राउण्ट टेबल नेपालले महानगरभित्रका विभिन्न ८ वटा सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मानित गरिएको   हो ।  १५ औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...