बिश्व जेष्ठ नागरिक दुर्ववहार बिरुद्ध जागरुकता दिवसको अवसरमा अन्तरकृया तथा बृक्षारोपन

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय प्रहरी साझेदारी अन्तरगत सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र मुर्ली श्रीपुर ११को आयोजनामा विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवसको अवसरमा ज्येष्ठ नागरिक संघ, सामुदायिक प्रहरी सेवा केन्द्र मूर्ली वीरगन्जले आज आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुले राज्यले ज्येष्ठ नागरिकहरुलाई दिएको सेवा सुविधा उनीहरुको पहुँचमा नपुगेको बताएका हुन् ।

ज्येष्ठ नागरिक संघका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक जगदीश शर्माले समाजमा थुप्रै सामाजिक, मानसिक र भौतिक दूव्र्यवहारहरु सहनुपर्ने भएपनि त्यसको कानूनी उपचारमा भावनात्मक सम्बन्धले अप्ठ्यारो बनाउने गरेको बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकहरुलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण घरपरिवार र समाजले नै निर्माण गरिदिनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरु शारिरिक रुपमा अशक्त हुने उनीहरुको स्याहार सुसार र हेरचाहमा घरपरिवारका सदस्यहरुले झर्को मान्दा बाँचिरहनुको अर्थ नरहेको जस्तो भावना उत्पन्न गराउनु नहुने बताउनुभयो ।

सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवा, सार्वजनिक स्थलहरुमा ज्येष्ठ नागरिकहरुलाई प्रथामिकता र ग्राहयता व्यवहारिक रुपमा कार्यान्वयनमा नआएको पनि बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता अमय दास थारुले संविधान र कानूनले ज्येष्ठ नागरिकहरुको लागि गरेको कानूनी व्यावस्थाको बारेमा जानकारी गराउनु भएको थियो । ज्येष्ठ नागरिक संघ पर्साकी उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका बरिष्ठ प्रहरी नायव निरीक्षक सुनिल थापा, ज्येष्ठ नागरिक संघका पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लिका सचिव दिलिप प्रधानले जानकारी दिनुभयो ।

त्यसै गरि सोही अवसरमा बृक्षारोपन जेष्ठ नागरिक रेखा घिमिरेले बिरुवा रोपि उद्घाटन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...