अजित कुमार भुजेल , बिरगंज । थारु कल्याणकारणी सभाद्वारा थारु अगुवा भेला कार्यक्रम सखुवा प्रसौनी गा.पा.वडा २ स्थित रङ्गपुर मा.वि.को प्राङ्गणमा सम्पन्न भएको छ ।
मिति २०८१ जेष्ठ १९ गते शनिबारको दिन नेपाली काग्रेस पर्साको पार्टी कार्यालय बिरगंजका बैठकमा नेपाली काग्रेस पार्टीको सभापति जनार्दन क्षेत्रीले आफ्ना बिचार अभिव्यक्ति सम्बोधनको क्रममा आदिवासी थारु समुदाय चेलीबेटी महिला चरीत्रको बारेमा महिलाको प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने समाजलाइ अपच हुने भाषा शब्द प्रयोग गरेको हुनाले सम्पुर्ण थारु समुदाय जति छिटो हुन्छ, निजलाई कानुनको दायरामा राखेर कडा भन्दा कडा कार्वाही हुनुपर्छ भन्दै थारु अगुवा समाज पर्साका अध्यक्ष राजेश्वर प्रसाद थारुले आफ्नो अभिव्यक्ति व्यक्त गर्नु भएको थियो।
बिना कारण बिना प्रमाण कसैलाई गलत वा सिधै ईज्जत माथी औला उठाउनु यो चरीत्र हत्या नै हो। यस्ता झुठा आरोप लगाउनेलाई कुनै हालतमा कार्वाही नगरी छोड्नेवाला र सथै आज मितिबाट ७ दिन भित्र यदि कुनै कुरो अगाडि बढेन भने हामी अब अर्को प्रक्रिया जाने पटेर्वा सुगौली गा.पा.नेपाली काग्रेस सभापति शिवनाथ चौधरीले प्रतिबद्धता जनाउनु भयो।
पार्टीमा जे जस्तो भए पनि कसैको ब्यक्तीगत मानसमानमा माथि प्रश्न गर्नु यो कहाँ सम्म ठिक हो यो अधिकार कस्ले दिएको म उहि ब्यक्तिसग प्रस्न गर्न चाहन्छु । कसैको चेलीबेटीप्रती अपच शब्द जस्तो प्रयोग गर्नु के उसको घरमा चेलीबेटी छैनन् र…के उसको घरमा छोरीबुहारी छैन्न र म प्रश्न गर्न चाहछु यदि हो भने उले कसरी यस्ता शब्द प्रयोग गर्न सक्यो अत हामी यहि मन्चबाट चेतावनी दिन चाहन्छौ कि यदि निजले आफुले गल्ती गरेको हो गल्ती भएकै हो जब सम्म स्वीकार गर्दैन माफी माग्दैन तब सम्म हामी थारु छोडनेवाला छैनौ भनेर था.क.स.केन्द्रिय पार्सद नन्दकिशोर पन्जियारले भन्नू भयो।
कार्यक्रममा आफ्नो कुरा राख्दै प्रमुख अथिती था.क.स.केन्द्रिय पार्सद महेन्द्र चौधरीले भनुभयो कि मलाई त के लाग्छ कि यो एउटा राजनीति षड्यन्त्र हो राजनीति पैहतारा हो। यो एउटा ब्यक्तिमाथी मात्र न भइ हाम्रो सम्पुर्ण थारु समाज थारु जातिमै ईज्जत माथी दाग लगाउन खोजेको हो राजनीतिको नाममा हामी थारु दाजुभाइमा भाडन खोजेको तर हामी यो कदापि हुन दिदैनौ यो दुस्त कार्य गर्न खोज्ने जो कोहि ब्यक्तिलाई हामी कदापि क्षमा दिनेवाला छैनौं यो कुरा मजाले बुझे हुन्छ भनेर जोड्तोडको साथ आफ्नो कुरा राख्नु भयो।
कार्यक्रमको सभापतित्व था.क.स.पर्सा कार्यबाहक अध्यक्ष भागवत प्रसाद चौधरी,प्रमुख अथिती केन्द्रिय पार्सद महेन्द्र चौधरी,अथिती केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार,पटेर्वा सुगौली गा.पा.उपप्रमुख ममता महतो,कोषाध्य्क्ष राजु चौधरी सदस्य नारेन्द्र चौधरी,पुर्ब आयोजना सदस्य रामाकान्त चौधरी , समाजेवी जंगबहादुर चौधरी,मोहन दास,मोहन राउत,मुकेश गौरो,राजेश चौधरी,राकेश चौधरी,पर्सागढी गा.पा. पुर्ब उपमेयर अर्चना चौधरी,बृजबिहारी चौधरी,सरोज दहैत लगायत पर्साका लगभग सबै थारु समुदायको थारु अगुवाहरुको समेत उपस्थिति रहेको थियो।
कार्यक्रम सखुवा प्रसौनी गाउपालिका वडा न.२ श्री रंगपुर मा.बि को प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रममा सुवागत मन्तव्य था.क.स.पर्सा उपाध्यक्ष सुश्री अर्चना चौधरीले व्यक्त गरेकी थिइन भने कार्यक्रमको सहजीकरण सचीव मनोज चौधरीले गर्न भएको थियो।