आमाको माया छात्राबासको २१ औं बार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कबिहरुले आआफ्ना रचना मार्फत दर्शकलाई मग्न बनाए

Date:

अजित कुमार भुजेल , बिरगंज । ” जाऔ बालौ दिप त्यहा , जहाँ अझै अँध्यारो छ ” भन्ने मुल नाराको साथ जनजाती कल्याण आश्रम नेपाल बिरगंज पर्साद्वारा सन्चालित आमाको माया छात्राबास बिरगंजको २१ औं बार्षिकोत्सव समारोह कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बिरगंजको टाउन हलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कविहरु उपस्थिति भैइ कबिता मार्फत , साहित्य मार्फत , गजल मार्फत र मुक्तक मार्फत नेपाल भारतको सम्बन्ध , रोटि बेटिको सम्बन्ध युगो युग देखि चल्दै आईरहेको , राष्ट्रियता ,भाषा सस्कृतिको जगेर्ना गर्न यस्तो कार्यक्रम गर्नु अति आवस्यक रहेको कबिहरुले बताए ।

आमाको माया छात्राबास बिरगंजका अध्यक्ष भवरलाल पारिखको अध्यक्षता भएको सो कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका उपकुलपति प्रोफेसर डा. दिपक शाक्य , बिशिस्ट अतिथि नेपालका हास्य व्यङ्ग कवि लक्ष्मण गामना, कवि रचनाकार डा. बिकास एसकृति , कवि तथा मोडिभेटर प्रदिप सारङ्गा , शिक्षक साहित्यकार डा. मनोज भारत , अवधि हास्यकलाकार प्रमोद साधक , शिक्षिका , कवि कृष्णा देबि पान्डेयले कबिता , मुक्तक र व्यङ्ग्य मार्फत आश्रममा रहेका बालबालिकाहरुको उज्ज्वल भबिस्यको लागि आआफ्नो ठाउँ , गाउँबाट सहयोग गर्न आग्रह गरेका थिए ।

सो कार्यक्रममा आश्रममा रहेका विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरि उपस्थित दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ।

आमाको मायाको छात्राबासका राष्ट्रिय महासचिव प्रेम थुलिङ्गले जनजाती कल्याण आश्रमका बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा छात्राबासका विद्यार्थीहरुले राष्ट्रियता, भाषा , सस्कुती झल्कने उराउ नृत्य समेत प्रस्तुत गरेका थिए ।

स्वागत मन्तव्य छात्रावासका कोषाध्य राजकुमार दारुका र कार्यक्रम सन्चालन प्रिया मिश्राले गरेका थिए ।

जनजाती कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सुरेश रुङ्गटा, मुरलिधर रुङ्गटा , अशोक बैध , सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , ओमशान्तीका क्षेत्रीय सन्चालिका रबिना दिदी , सामाजिक अभियन्ता प्रकाश थारु , छात्राबासका उपाध्यक्ष जयप्रकाश खेतान, सचिब सुरेश कुमार शर्मा , शिभम केडिया लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...