चुरे संरक्षण दिवसको अवसरमा बिरगंजमा ५०० थान विभिन्न जातका बिरुवा लगाई मनाईयो

Date:

अजित  कुमार भुजेल , बिरगंज । चुरेको माटो चुरेलाई सफा पानी सबैलाई , जीवन रक्षाका लागि चुरे संरक्षण भन्ने मुल नाराका साथ १० औं चुरे दिवसको अवसरमा ५०० थान बिरुवा रोपि कार्यक्रम मनाईएको थियो ।

बिरगंज महानगरपालिका कार्यालय, राष्ट्रपतिचुरे तराई मधेश संरंक्षण विकास समिति भरतपुर चितवन तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र आदर्शनगर-१० बिरगंज पर्साको  संयुक्त आयोजनामा पर्सा जिल्लाको बिरगंज महानगरपालिका प्रवेश स्थान गण्डक देखि उत्तर पटी मुल सडककाे डिभाईडरमा वृक्षारोपण गरि  कार्यक्रम सम्पन्न भएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी गराउनु भयो ।

जथाभाबी दोहन वा अव्यवस्थापनका कारण बाढी र पहिरो दुवै जोखिम उच्च हुँदै गइरहेको र चुरे क्षेत्रलाई हामीले अहिले संरक्षण गरेन भने भोलिका दिन तराई मरुभूमिमा परिवर्तन हुने बेर नलाग्ने भन्दै आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भ बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नु भएको थियो ।

तराईका निम्ति चुरे क्षेत्रले भूमिगत जल भण्डारको काम गरेको छ । मधेसमा सुरक्षित खानेपानीको मुहान भनेको ५० मिटर भन्दा तलको पानीको लेयर नै हो । ५० मिटरभन्दा तलको लेयरमा हानिकारक बायोलोजीलन र केमिकल तत्व नभएकोले खानेपानीको लागि उपयुक्त लेयर हो । तर, ५० मिटरभन्दा तलको लेयरको रिचार्ज जोन भावर क्षेत्र नै हो । त्यसैले भोलिको दिनमा तराईलाई मरुभूमि बनाउनबाट जोगाउनको लागि ढिलाइ नगरी भावर क्षेत्र संरक्षण गर्नु बाहेकको विकल्प नरहेको बताए ।

चुरे क्षेत्रका ३७ जिल्लामा वृक्षारोपन तथा वन संरक्षणको , चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण र दिगो व्यवस्थापनको लागि सचेतनामुलक कार्यक्रम गर्दै मनाईएको छ ।पुर्व देखि पश्चिम सम्म यो देश भित्र ८०० किलोमीटर तन्किएको छ भने यसको चौडाई १० देखि ५० किलोमीटर रहेको छ ।

सरकारले २०७१ असार २ गते समिति गठन गरेको थियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्बर्द्धन गर्ने उदेश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो ।

सरकारले २०६६ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरेको हो।२०७१ सालको असारमा सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण बिकास समिति गठन गर्यो अनि त्यसलाई संरक्षण क्षेत्रको रूपमा घोषणा पनि गर्यो ।उक्त बिकास समितिकै अग्रसरतामा चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ सालमा बनेको हो।

बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान , बिरगंज महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराई , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङेल , सशस्त्र प्रहरी बल नेपाल १३ न. गण बिरगंजका प्रहरी उपरीक्षक राधेश्याम धिमाल , सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल , श्री राष्ट्रिय चुरे तराई मधेस संरक्षण बिकास समिति भरतपुर चितवनका प्रमुख श्यामबाबू लोप्चन , सामुदायिक आँखा अस्पताल बिरगंजका महेश सिंह धामी , सर्फुदिन मिया,  सन्चारकर्मी संतोषमान रन्जितकार , सुस्मिता यादव , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल ,ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरीहरु , नागरिक समाजका बसन्त प्रसाद उपाध्याय समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...