नेपालको पहिलो बिश्वविद्यालय नेपाल राष्ट्रिय बिधापिठ स्थापनाको स्मरण दिवस समारोह सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपालको पहिलो बिश्वबिधालय नेपाल राष्ट्रिय विद्यापिठको स्थापना दिवस समारोह सम्पन्न भएको छ ।

मधेस बिश्वबिधालय बिरगंज पर्साको आयोजनामा आइतबार आजैको दिन सो बिश्वविद्यालय सुरु भएको दिनलाई स्मरण गर्दै कार्यक्रमको आयोजना गरेको मधेस बिश्वविद्यालयका उपकुलपति प्रो. डा. दिपक शाक्यले जानकारी दिनुभयो ।

प्रो. डा. दिपक शाक्यले कार्यपत्र प्रस्तुत गर्नु हुँदै मधेस प्रदेश अरु प्रदेश भन्दा पछाडी पर्नुको मुख्य कारण शिक्षा भएको बताए ।

यो कार्यक्रम शिक्षा सङ्ग जोडिएको छ । आज मधेसमा बिश्वविद्यालय आएको छ ।यो सातौं दशक अगाडि हाम्रा अग्रजहरुले बिउ रोपेको थियो , त्यसको बृक्ष हो ।भौगोलिक रुपमा , आर्थिक रुपमा किन पछाडी पर्यो , बौद्धिक बर्गले बिश्लेषण गर्ने हो भने यसको मुख्य कारण हो शिक्षा ।

हामीले रोजगार पाएनौ , बेरोजगार छौ भन्छौ तर काम गर्नेलाइ सक्षम गर्न सकेका छैनौ , राम्रो सीप दिन सकेका छैनौ , उहीँ पुराना पढाई आर्टस , कमर्स र साईन्स पढेरै सक्षम हुदैन , अहिलेको आवस्यकता भनेको मेडिकल , ईन्जिनियरिङ्ग , आईटी , होटेल मेनेजमेन्ट , कला सस्कृतिको जमाना रहेकोले त्यही अनुरुप त्रिभुवन बिश्वविद्यालयले निति र कार्यक्रम ल्याउनु पर्ने शाक्यले बताए ।

त्यसैगरि पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य माननीय प्रदिप यादवले देशको अर्थतन्त्रको ४० प्रतिशत राजस्व  बिरगंजबाट जाने गरेको तर राष्ट्रिय गौरवको बिकासको काममा बिरगंजलाई बेवास्ता गर्ने गरेको आरोप लगाउनु हुँदै मधेस बिश्वबिधालयको जग पुर्व मुख्यमन्त्री माननीय लालबाबु राउतले गर्नु भयो भने बिश्वबिधालयको बाकी काम हालका मुख्यमन्त्री सरोज यादबले गर्नु हुने बिश्वास रहने बताए ।

मधेस बिश्वविद्यालयका उपकुलपति प्रो. डा. दिपक शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव रहेका थिए ।

बिशिस्ट अतिथिमा पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य माननीय प्रदिप यादव , मधेस प्रदेशका शिक्षा तथा सस्कृति मन्त्री प्रमोद जैसवाल , पुर्व मुख्यमन्त्री लालबाबू राउत गद्दी , पुर्व मन्त्री नागेन्द्र चौधरी , बिरगंज मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारी , सान्सद श्याम पटेल , बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह , वरिष्ठ पत्रकार जगदीश शर्मा , स्तभकार चन्द्रकिशोर झा , शिक्षा क्षेत्र सङ्ग आबद्ध व्यक्तित्वहरु , बुद्धिजिबि , समाजसेबि , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु , सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य डा. हरेराम ठाकुरले र कार्यक्रम सन्चालन मधेस बिश्वविद्यालय रजिस्ट्रार बिजय यादवले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...