अजित कुमार भुजेल , बिरगंज । ” शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल ” स्मृति प्रतिस्ठान बिरगंज पर्साको प्रथम बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
शनिबार बिरगंजको बर्णबाल धर्मशालामा प्रतिष्ठानका अध्यक्ष श्रीमती मुना खनालको अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक संघ मधेस प्रदेशका अध्यक्ष एवं वरिष्ठ पत्रकार जगदिश शर्माले समयको सदुपयोग गर्नु नै सम्मान गर्नु भएकोले सम्मान आफुले आफैलाई गर्ने होईन , सम्मान अरुले गर्ने हो । सम्मानको भागिदार हुनु पर्छ , परम्परा भनेको निरन्तरता हुने भएकोले यो निरन्तरता बिकासमा मुल्य मान्यता स्थापित गर्न सकेनौ , चाहिने मानिसलाई सम्मान गर्न सकेनौ , चाहिने कुराको जगेर्ना गर्न सकेनौ , यो पुरानो सस्कृति हो , कहिलेकाही सम्झने , परम्परा भनेको निरन्तरता दिने हो त्यसैले यस्ता व्यक्तित्वहरुलाई जसले शैक्षिक क्षेत्रमा आफ्नो अमुल्य समय बेतित गरि , अरुलाई ज्ञानको ज्योति दिने गुरुवर्गलाई सम्मान गरेकोमा प्रतिस्ठानलाई धन्यवाद दिदै आउने दिनमा पनि अझै उत्तरोत्तर प्रगति गरोस् भन्ने सुभकामना दिनु भएको थियो ।
ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक संघका पुर्व सभापति स्व. मुकुन्द प्रसाद खनालको सम्झनामा उहाको सुकार्यको बाटोमा शिक्षाको साथ साथै सामाजिक सेवा सहयोग गर्ने उदेश्यका साथ स्थापना भएको स्मृति प्रतिष्ठानले आज १० जना सामुदायिक विद्यालयका पुर्व प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा सुरेन्द्र तिवारी , शत्रुघन गिरि , हिराकान्त चौधरी , घनश्याम मिश्र , सुरेन्द्र कुवर , रामानन्द पान्डेय , राजेश पान्डेय , हरिकिशोर मिश्रा , अफजल अन्सारी र शंकर कर्ण रहेका थिए ।
पुर्ब प्रधानाध्यापकलाई कार्यक्रमका अध्यक्ष , प्रमुख अतिथी र सल्लाहकार मुना खनाल , जगदीश शर्मा र प्रकाश उपाध्यायले टीका , माला र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो।
प्राध्यापक संघ का अध्यक्ष डाक्टर प्रमोद कुस्वाह , नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंह , बिरगंज महानगर पालिकाका कार्यपालिका सदस्य कनिका कौशिक , सामाजिक अभियन्ता प्रकाश थारु , अजित भुजेल , सुरेन्द्र तिवारी , ज्ञानदा स्कुलका राजेन्द्र कोईराला लगायत बक्ताले खनाल शैक्षिक क्षेत्रमा उहाले गर्नु भएको योगदानलाई कसैले पनि भुल्नु नहुने र उहाले देखाएको बाटोमा हिडन सके भने मात्र उहाप्रति असल श्रर्दान्जलि र सम्मान हुने बताए ।
प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्यायले शैक्षिक सहिद मुकुन्द प्रसाद खनालको जिवनी र शैक्षिक क्षेत्रमा उहाको योगदानबारे प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रममा प्रतिस्ठानका सल्लाहकार डा. हरेराम ठाकुर , बिरगंज महानगर पालिका पुर्व उपमेयर सुश्री शान्ति कार्की , वडा न.४ का वडा सदस्य शर्मा बैठा , रेलवे माबीका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार , नेपाली काङ्ग्रेसका नेता जितेन्द्र पुरुष ढकाल , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , स्वास्थ्य पत्रकार समुहका अध्यक्ष राजेन्द्र सिंह , कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्रा , महिला संघ पर्साका अध्यक्ष किरण शर्मा , समाजसेबि हुकुम सिंह , ज्योतिष डा. पुरुषाेतम दुबे , समाजसेबि एवं सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह , समाजसेबि राजेन्द्र भट्टराई , राजन श्रीवास्तव , रमेश कुमार भट्टराई , नेपाली काङ्ग्रेसका नेता रामबाबु पटेल , श्रमिक नेता बिजय पौडेल , प्रेम शंकर सिंह , प्रमुख निर्वाचन अधिकृत बिजय उपाध्याय , निर्वाचन अधिकृत अशोक बर्णबाल , प्रतिष्ठानका पदाधिकारीहरु , विभिन्न संघसस्था , समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य अजित कुमार भुजेलले र कार्यक्रम सन्चालन सचिब लालबाबु सिंहले गर्नु भएको थियो ।