बिरगंजमा रहेको शक्तिमान बेकरी एन्ड फुड प्रोडक्टलाई २० हजार जरिवाना

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न. ८ पानीटन्की स्थित शक्तिमान बेकरी एन्ड फुड प्रोड्क्टमा अनुगमन भएको छ ।

उपभोक्ताको गुनासोको आधारमा बिहीबार सो उद्योगमा अनुगमन गरिएको हो । खाद्य प्रबीधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंजका प्रमुख सुरेश कुमार सिंहको नेतुत्वमा गएको अनुगमनटोलिले सो उद्योगमा पुगि अनुगमन गर्ने क्रममा उद्योग भित्र  सरसफाइमा कमि देखिएको , व्यक्तिगत कामदारको सरसफाईमा कमि भएको  , प्रत्येक उत्पादनमा लेबलमा उल्लेख गर्नु पर्ने बिवरण उल्लेख नभएको पाईएको सिंहले बताए ।

त्यसैगरि उद्योग सन्चालन सम्बन्धि आवस्यक कागजातहरु , खरिद बिक्री बिल बिजक नदेखाएको र अनुगमन कार्यमा असहयोग गरेकोले उपभोक्ता संरक्षण ऎन २०७५ बमोजिम तत्काल रु.२० हजार जरिवाना गरिएको थियो भने  ३ दिन भित्र सम्पुर्ण आवस्यक कागजातहरु लिई बाणिज्य कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको बाणिज्य कार्यालय बिरगंजका सूचना अधिकारी दिलिप खन्गले जानकारी दिनुभयो ।

अनुगमन टोलिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक राकेश प्रसाद यादव , बिरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास , उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अजित भुजेल लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...