अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर ११ द्वारा प्रहरी हवल्दार सुभाष प्रसाद यादवको भब्य रुपमा स्वागत गरेको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ मा आज देखि नयाँ प्रहरी हवल्दार जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भैइ आउनु भएको यादवलाई सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर ११ का पदाधिकारीहरुले आजै यादवको कार्यालय परिसरमा भब्य स्वागत गरेका थिए ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरका उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा उक्त स्वागत कार्यक्रम सम्पन्न भएको थियो । विगत १० महिनादेखि कार्यरत हवल्दार ओमप्रकाश साहको सरुवा भएपछि उहाँको ठाउँमा नयाँ हवल्दार यादवको आगमन भएको छ । उहाँले यसअघि जिल्ला प्रहरी कार्यालय पर्सामा रहेर ६ वटा सामुदायिक सेवा केन्द्र हेर्ने काम गरिरहनु भएको थियो ।प्रहरी हवल्दार यादवले लामो समयदेखि महिला तथा बालबालिका तथा विपन्न वर्गको हितमा काम गरिसक्नु भएको छ ।आज देखि सामुदायिक सेवा केन्द्र मुर्लीमा सरुवा भएर आगमन भएपछि अब धेरै उपलब्धि हासिल हुने अपेक्षा गरिएको सचिव दिलिप प्रधानले बताए ।
उहाँलाई स्वागत गर्न सामुदायिक सेवा केन्द्रका वरिष्ठ सल्लाहकार डाक्टर पुरुषाेतम दुवे , कोषाध्यक्ष मेघराज सहनी ,सहकोषाध्यक्ष राधा शर्मा ,प्रहरी सहायक लालुमाया महतो,सदस्य राजेश कुमार सिंह ,जगत राई, निर्मल ताम्राकार , तारा घिमिरे ,सविना पौडेल लगायतको विशेष उपस्थित रहेको सचिव दिलिप प्रधानले जानकारी दिनुभयो ।