आगलागीबाट बच्न र बचाउन सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा गर्मी मौसममा बढी आगलागी हुने भएको हुदा त्यसबाट बच्न र बचाउन कसरी सकिन्छ भन्ने जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बी.म.न.पा.बडा नं.२ छपकैया स्थित ईदगाह चोकमा रहेको बिभिन्न होटेलहरुमा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु प्रहरीहरु समेतको टोलि पुगि आगलागि हुन नदिन आआफ्नो घर , होटेलमा ग्यास बाली सकेपछि  राम्ररि रेगुलेटर निभाउन र पसल बन्द गरेपछी बत्तिको स्विच अफ गर्न नबिर्सन समेत आग्रह गर्दै सो सम्बन्धमा होटेलमा जथाभावी चुरोटको ठुटो नफाल्न सम्झाई बुझाई सो सम्बन्धि जनचेतना मुलक पर्चा पम्पलेट समेत बितरण गरि कार्यक्रम सम्पन्न गरेको थियो ।

सामुदायिक सेवा केन्द्र छपकैयाका सचिव प्रबिण बिक्रम शाहको बिशेष उपस्थितमा सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादव , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल लगायत  स्थानियहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...