बिरगंजमा प्रथम पटक श्री गहवा माईको निशान सहितको डोला यात्रा हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा पहिलो पटक श्री गहवामाईको निशान सहितको डोलि यात्रा हुने भएको छ ।

माईस्थान संचालक समितिले आज मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरि बिरगंजको मुटुमा रहेको प्रसिद्ध ऎतिहासिक धार्मिक महत्वका श्री गहवा माई मन्दिरबाट चैते दशैको सुभ अवसरमा अस्ठमिका दिन यहि बैशाख ४ गते मंगलवारका दिन दिउँसो ४ बजे श्री गहवा माईको निशान सहितको डोलि यात्रा प्रारम्भ गर्ने जानकारी गराईएको थियो ।

डोलि यात्रा मन्दिर भैइ रोड न.२ बाट हुँदै बिर्ता माई मन्दिर , अलखिया मठ , महाबिर मन्दिर , घन्टाघर हुँदै श्री गहवा माई मन्दिर प्राङ्गणमा आई समापन हुने  महासचिव बिजय कुमार उपाध्यायले  जानकारी दिनु भएको थियो ।

डोला यात्रा सुरु हुनु अघि २ घन्टा डोलाको  पुजाआजा गरि ४ बजे देखि यात्रा सुरु भैइ ६ बजेभित्र मन्दिर पुगि समापन गर्ने कार्यक्रम रहेकोेले सम्पुर्ण भक्तजनहरुलाई सो दिन बढी भन्दा बढी मात्रामा उपस्थित भैइ दिन आग्रह गरेका थिए ।

सो कार्यक्रममा ८ लाख खर्च हुने अनुमान गरेको र त्यसको खर्च सन्चालक समितिले नै व्यहोर्ने बताएका थिए । त्यसको लागि चंदा नठाउने र ईच्छुक दाता वा भक्तजनले सहयोग गर्न चाहे माईस्थान संचालक समितिको कार्यालयमा आई सहयोग सहस स्विकार्ने पनि बताए । त्यसैगरि सो दिन गहवा माईको निशान लिने व्यक्तिले रु.५०५ सुल्क तिरेर लिन सक्ने र त्यसमा झन्डा , लगाउने पट्टा र प्रसाद रहेको सो पत्रकार सम्मेलनमा अध्यक्ष नरेन्द्र कुमार साहले जानकारी दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...