दादुरा रुबेला खोप अभियानबारे खोप समन्वय समितिको बैठक सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिका अन्तर्गत आधारभुत स्वास्थ्य सेवा केन्द्र छपकैया वडा न.२ मा वडा समितिको कार्यालय वडा न.२ का वडा अध्यक्ष मो. रेयाज मिया तेलिको अध्यक्षतामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत वडा स्तरिय दादुरा रुबेला खोप अभियानबारे खोप समन्वय समितिको बैठक बसि विभिन्न प्रस्तावहरु माथि छ्लफल गरिएको थियो ।

आज भएको छलफलमा दादुरा रुबेला रोगबाट बालबालिकालाई सुरक्षित गरि नेपालबाट यो रोग निवारण गर्न बि. म. न. पाकिका वडा न.२ मा फागुन २७ गते आइतबार देखि चैत्र महिनाको ४ गते सम्म दादुरा रुबेला खोप लगाएका नलगायका १ महिना देखि १५ बर्षका मुनि सबै बालबालिकाहरुलाई आफूलाई  पायक पर्ने खोप केन्द्रका लगि दादुरा रुबेला विरुद्धको खोप अनिवार्य रुपमा लगाउने कार्यक्रम रहेको छ ।

खोपकेन्द्रको स्थान ताराचन्द किशनलाल  आ. बि., आईडियल एकेडेमी , घुसुकपुर टोल , आखरी मन्जील गेट , बिधासागर स्कुल , एमईएस विद्यालय , ग्रेड एकेडेमी , ग्रिनल्यान्ड माबी ,  क्यामब्रिज  ई.बो, स्कुल र आधारभुत  स्वास्थ्य सेवा केन्द्र बिरगंजमा दादुरा रुबेला खोप लगाउने कार्यक्रम रहेको अहेव भुषण प्रसाद गुप्ताले जानकारी दिनुभयो।

यस कार्यमा वडा समितिका सदस्यहरु , विभिन्न संघसस्थाहरु , समाजसेवीहरुको सहयोग र सहकार्यको आवस्यक रहेकोले यस खोप कार्यक्रमलाई सफल बनाईदिनु हुन र वडामा रहेका बालबालिकाहरुको स्वास्थ्यको लागि पहल गरि आफै पनि  उपस्थित भैइ सहयोग गर्न समेत महिला स्वास्थ्य सेबिका शर्मिला न्यौपानेले आग्रह गरेकि  थिन ।

बैठकमा वडा समितिको कार्यालय वडा न.२ का वडा वडा अध्यक्ष मो. रेयाज मिया तेलि , वडा सदस्य बसिर मिया हजाम , अब्दुल लतिफ अन्सारी , महिला सदस्य संगीता थापा , रम्भा देबि , अहेब भुषण प्रसाद गुप्ता , सन्चारकर्मी अजित भुजेल , महिला स्वास्थ्य सेबिका पुस्पा सिंह , सर्मिला न्यौपाने , शिक्षिका बिणा कुमारी चौलागाईं , समाजसेबि ज्याउलहक समानि , अफरोज आलम , नैमुदिन हजाम , मुमताज हजाम लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...