अजित कुमार भुजेल , बिरगंज । बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाई चोरी गर्ने एक जना चोर पक्राउ परेको छ ।
बारा जिल्ला आदर्श कोतवाल गाँउपालिका वडा नं. ८ बस्ने उपेन्द्र मुखियाले नारायणघाटबाट वीरगंजतर्फ आउने बस चढी आईरहेको अवस्थामा अपरिचीत पुरुष व्यक्तीले मिठाई र बिस्कुट खुवाई बेहोस पारी उपेन्द्र मुखियासंग रहेको नगद रु. ४१,५००।– र मोबाईल थान -१ चोरी गरी वीरगंज बसपार्कबाट फरार भएको भनी सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १६ भानुचोक स्थितबाट चोरी गर्ने भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं. २ बस्ने पर्मा साहको छोरा बर्ष २७ को अखिलेश कुमार साहलाई नियन्त्रणमा लिई कानूनी रीतपुर्याई खानतलासी गर्दा चोरी भएको मध्ये नगद रुपैया रु. ३७,४१०।– र चोरी भएको मोबाईल थान -१ फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ सम्मानित पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा दिन ७ (सात) म्याद लिई अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।