अल्पाईन कप -२०८० खेलको तेस्रो दिन सोमबार भएको पहिलो खेलमा ममता विद्यालाई ४६ रनले पराजित गर्दै ओम नेशनल बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । सोमबार भएको प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा ओम नेशनल बिजयी भएको छ ।

प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको तेस्रो दिन सोमबार भएको पहिलो खेल ओम नेशनल र ममता बिधा  बीच भएको थियो ।

बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा सोमबार भएको लिग क्रिक्रेट  प्रतियोगिता -२०८० तेस्रो दिनको पहिलो  खेलमा ओम नेशनलले ४६  रनले ममता विद्यालाई पराजित गर्दै बिजयी भएको थियो ।

ओम नेशनलले टस जितेर ब्याटिङ्ग रोज्दै  २० ओभर खेलेर ७ बिकेट गुमाउदै ११९ रन बनाएका थिए भने  १२०  रनको लक्ष्य पूरा गर्न ब्याटिङ गर्दै ममता विद्याले १६.४ ओभरमा आफ्नो सबै  बिकेट गुमाई जम्मा ७३ रन बनाउन सके ।

ओम नेशनलका खेलाडी सुजन भण्डारी  म्यान अफ द म्याच घोषित भएका थिए । उनले ४ ओभरमा ८ रन दिएर ६ बिकेट लिई आफ्नो टिमलाई बिजयी बनाउन  सफल भएकोले सो टफि प्रदान गरेको आयोजक कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...