नेपाल पत्रकार महासंघको निर्वाचन हारे त्यसको जिम्मेवारि प्रेस चौतारीले लिनु पर्ने :- अध्यक्ष बस्नेत

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस चाैतारी नेपाल पर्साका सदस्य एक भए त्यसलाई कुनै बिरोधि शक्तिले हराउन नसक्ने र सहि नेतुत्वको चयन नहुदा नेपाल पत्रकार महासंघको आउदो निर्वाचनमा हार व्यहोर्नुपर्ने भए त्यसको जिम्मेवार प्रेस चौतारी पर्साले लिनु पर्ने  केन्द्रीय अध्यक्ष गणेश बस्नेतले बताए ।

शुक्रबार बिरगंजको होटेल क्लासिक ब्वेन्केटमा  प्रेस चाैतारी नेपाल पर्साकाे विशेष जिल्ला अधिवेशनकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका  केन्द्रीय अध्यक्ष बस्नेतले प्रेस चौतारीको जुन अहिलेको साख छ त्यसलाई बचाई राख्न सबैलाई एकबद्द हुन र गुटउपगुटलाई त्यागेर संगठनको हितमा लाग्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रमका बिशिस्ट अतिथि सान्सद एवं एमालेका नेता राजकुमार गुप्ताले पार्टीको विरुद्ध , पार्टीका नेता बिरुद्धमा लेख्ने प्रेस चौतारीका सदस्य कदापि हुनसक्दैन , त्यस्ता कार्य सुधार गर्न आग्रह गर्दै सर्वसम्मत रुपमा प्रेस चौतारीका पत्रकार साथीहरुलाई सहि ढंगबाट हाक्न सक्ने नेतुत्व चयन गर्न र प्रेस चौतारीमा बढदै गएको गुटउपगुटलाई बिर्सेर अगाडि बढन समेत सुझाव दिनुभएको थियो ।

प्रेस चाैतारी नेपाल पर्साका जिल्ला अध्यक्ष श्याम बञ्जाराकाे अध्यक्षता तथा केन्द्रीय अध्यक्ष बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन सत्रमा सांसद तथा एमाले नेता राजकुमार गुप्ता, संविधानसभा सदस्य जयप्रकाश थारु, एमाले नेता डाक्टर विश्वम्भर शर्मा, जालिम मिया , प्रेस चाैतारीका केन्द्रीय सदस्य केसी लामिछाने , महेश दास , शत्रुघन नेपाल , कमल उपाध्याय , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान लगायतको उपस्थिति रहेको थियाे।

उद्घाटन सत्र प्रच्यात  बन्दसत्र चलिरहदा   प्रेस चाैतारी नेपाल पर्साकाे नयाँ नेतृत्वमा  अध्यक्ष पदको  लागि तुलसी भन्डारी र  महेशचन्द्र गाैतम बीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष तुलसी भन्डारीले कार्यक्रसन्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...