बिरगंज कपडा बैंकद्वारा शनिबार घन्टाघरमा निसुल्क कपडा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंकले शनिबार  बिरगंजको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ।

प्रत्येक दिन आइतबार देखि शुक्रवारसम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय बिरगंज वडा न. ८ पानीटंकी स्थित कार्यालयबाट गरीब असहायलाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको छ ।

कपडा बैंकले शनिबार बिरगंजको घण्टाघरमा ९०० थान कपड़ा वितरण गरिएको थियो ।

सो निशुल्क कपडा वितरण कार्यक्रम सन्चालन हुँदै गर्दा नेपाली काङ्ग्रेसका नेता समाजसेवी राकेश सिंहले ४ बोरा कपडा , हुकुम सिंह राजपुतले १ बोरा कपडा र १ बोरा कपडा अन्य दाताले सहयोग गरेको अध्यक्ष लालबाबु सिंह राजपुतले जानकारी दिनुभयो ।

बिरगंज  कपडा बैंकका अध्यक्ष लालबाबू सिंह राजपुतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि,,अतिथिहरु नेपाली काङ्ग्रेसका नेता राकेश सिंह , हुकुम सिंह राजपुत, संस्थाका संस्थापक सदस्य एवं प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंह , समाजसेवी गौरी गुप्ता, नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका सदस्य श्रवण रायमाझी, संस्थाका निवर्तमान अध्यक्ष रम्भा मिश्रा, उपाध्यक्षद्वय प्रकाश थारु , मोनिका सिंह, सदस्यहरु हरेंद्र पटेल, संजय मंडल, शोभा देवी, पत्रकारहरु क्रान्ती साह ,राज सरार्फ,  ,घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ कृष्णनन्दन ठाकुर , रामबाबु सिंह,   सन्जु साह ,दिपक पटेल लगायतको सहभागिता रहेकों सचिव कन्हैया पटेलले जानकारी गराएका थिए ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ दिएर जानुस र नहुने आवस्यकता भएकोले निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा निशुल्क कपडा वितरण गर्दै आइरहेको छ । वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...