अन्तर कबड्डी संघको तेस्रो दिनको फाईनल खेल साउथ जोन माबीको हातमा

Date:

अजित कुमार भुजेल , बिरगंज ।आजको फाइनल खेलमा साउथ जोन माविले फराकिलो अन्तरका साथ ९४/४१ अन्क ल्याइ गुगल एकेडेमीलाई हराइ प्रथम स्थान हासिल गरेको छ ।

पर्सा जिल्ला कबड्डी संघले आयाेजना गरेकाे अन्तर विद्यालय कबड्डी खेलकाे तेस्राे दिन छात्र तर्फ ४ खेल र छात्रा तर्फ २ खेल भएकाे थियाे ।

तेस्राे दिनकाे पहिलाे खेलमा छात्र तर्फ गाैतम स्कुल ४०/४७ अंकले बिरगंज पब्लिक स्कुलसंग हारेकाे छ । पहिलाे खेलकाे म्यान अफ द म्याच वीरगंज पब्लिक स्कुलका जर्सी नम्बर २ का उदित यादव घाेषित भएका थिए भने दाेस्राे खेलकाे छात्र तर्फ नै एस आर ग्यालेक्सीले ७९/४६ अंकले बिरगंज गाेल्डेन गेट आजको फाइनल खेलमा साउथ जोन माविले फ्राकिलो स्कुललाई हराउँदै जित हात पारेका थिए । दाेस्राे खेलकाे म्यान अफ द म्याच जर्सी नम्बर ४ का सुरज कुश्वाहा घाेषित भए ।

यसै गरि तेस्राे खेलमा छात्राहरू तर्फ सूर्याेदय स्कुलले ५६ अंक र लिटिल फ्लावर स्कुलले ३५ अंक बनाएका थिए । तेस्राे खेलकाे प्लेयर अफ द मेच सूर्याेदय स्कुलकी जर्सी नम्बर २ कि सलामुन खातुन भएकी थिन ।

आजै भएकाे छात्रा तर्फकाे चाैथाे खेलमा एस आर ग्यालेक्सी स्कुलले सालाेम स्कुललाई ३९/२४ काे अंकले पराजित गर्दै एस आर ग्यालेक्सी स्कुलकी जर्सी नम्बर ४ कि श्रिया पटेल प्लेयर अफ द मेच घाेषित भएकी थिइन।

छात्र तर्फकाे पाचौं खेलमा लिटिल फ्लावर स्कुलले पिस जाेनलाई ५८/४१ अंकले हराउदै जितकाे पाेल्टाे आफ्नो नाम गर्न सफल भए । म्यान अफ द म्याच लिटिल फ्लावर स्कुलका जर्सी नम्बर ११ का विश्वास यादव घाेषित भए ।

आजकाे छैटौं र अंतिम खेलमा  साउथ जाेन स्कुलले ९४/४१ काे फराकिलाे अंकले गूगल एकेडेमीलाई हराएका थिए । म्यान अफ द म्याच पनी गूगल एकेडेमीका जर्सी नम्बर ८ का आदित्य पटेल बनेका थिए ।

बिहिबार छात्रा तर्फ ४ वटा खेल र छात्र तर्फ २ वटा खेल हुने पर्सा जिल्ला कबड्डी संघका उपाध्यक्ष सुधिर गुप्ताले जनाकारी दिनु भयाे।l

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सुरक्षा, स्वास्थ्य सेवा, एम्बुलेन्सदेखि बिमासम्मको व्यवस्था; अध्यक्ष नन्दु ठाकुरद्वारा भक्तजनलाई सपरिवार सहभागी हुन आग्रह

पर्सा पोस्ट, कार्तिक २७ गते, वीरगञ्ज । तराई–मधेसको धार्मिक, सांस्कृतिक...

छठ पर्वको अवसरमा घडीअर्वा छठघाटमा रक्तदान, ४ महिलासहित ४७ जनाले गरे रक्तदान

पर्सा पोस्ट, कार्तिक २७ गते, वीरगञ्ज । छठ पर्वको पावन...

छठ पर्वको अवसरमा रुङ्टा वेलफेयर सोसाइटीद्वारा ३०० व्रतालु महिलालाई साडी र आटा वितरण

पर्सा पोस्ट, कार्तिक २६ गते, वीरगञ्ज। छठ पर्वको पावन अवसर...