ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा महानगर भित्र ५ ठाउमा स्पिड ब्रेकर जडान

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष ज्योती रुङ्टाको संयोजकमा पर्सा जिल्ला वीरगंज महानगरपालिकाकाे विभिन्न ठाउँमा तिब्र गति नियन्त्रक ( ROAD SPEED BREAKER) राख्ने काम सम्पन्न भएको छ ।

बिरगंजको बजार एरिया आदर्श नगरको लोहार पट्टी चौक, मकालु चौक, माइस्थान चौक , ग्रीनसिटी चौक , एसबिआई बैंक अगाडीमा  तिब्र गति नियन्त्रण गर्न स्पिड ब्रेकर  लगाउने कार्यक्रम सम्पन्न भएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनु भयो ।

सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका मेयर राजेश मान सिँहले ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले गरेका हरेक कामको प्रशन्शा गर्नु हुँदै आदर्शनगरमा मात्र सिमित नभैइ अन्य ठाउमा पनि आफ्नो शाखा बिस्तार गरि काम गर्न आग्रह गर्नु हुँदै यस स्पिड ब्रेकरले केही मात्रामा दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने भएकोले सबैको साथ र सहयोग आवस्यक रहेको र यस्ता कार्यमा महानगर हातोमालो गर्न सधै तयार रहेको बताउनु भयो।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगंजका अध्यक्ष जय प्रकाश खेतानकाे अध्यक्षतामा भएको सो कार्यक्रममा  सरकारी गैर सरकारी, संघ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मीहरु , विभिन्न राजनैतिक दलका जन प्रतिनिधि
<span;>हरु , नागरिक समाज , समाज सेवी तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका  पदाधिकारीहरुको सहभागितामा  तिब्र गति नियन्त्रक (  ROAD SPEED BREAKER) पाँच ठाँउमा लगाईएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साका  सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल , सानु बाबु अधिकारी ,  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, प्रहरी निरीक्षक मनिषा लौडारि , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भास्कर खतिवडा , सशस्त्र प्रहरी निरीक्षक ए सी बहादुर सुनुवार , रुङ्गटा वेलफेयर सोसाइटी बिरगंजका अध्यक्ष सुरेश रुङ्गटा , व्यवस्थित वीरगंज अभियानका सन्योजक दिलिपराज  कार्की , वडा प्रहरी कार्यालय विर्ताका प्रहरी नायब निरीक्षक भरत सिलवाल , ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र सदस्य सुशील कादमिया, अशोक कुमार तुल्स्यान , मुकेश खेतान , चन्द्र अग्रवाल , त्रिलोक चन्द दारुका , सामुदायिक आखा अस्पताल वीरगंजका डा. महेश सिंह धामी , प्रहरी चौकी आदर्श नगरका प्रहरी वरिष्ठ नायब निरीक्षक मेग्जन लामा , समाजसेबि कमल चौगाई , बिरगंज महानगरपालिकाका सरसफाइ प्रमुख सर्फुदिन मिया, सन्चारकर्मी अजित भुजेल , संतोषमान रन्जितकार ,  सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका प्रहरी हवल्दार प्रेम राम , प्रहरी जवान राहुल पाठक , पुर्ण कुमारी श्रेष्ठ , नागरिक समाजका  बसंत प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...