अजित कुमार भुजेल , बिरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको ट्रकहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बेलुकी १०:४० बजेतिर बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकस्थित सडकखण्डमा ना.५ ख ८५६५ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.७०,४३,७०५।- (सत्तरी लाख त्रिलाचीस हजार सात सय पाँच) बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
त्यसैगरि सोमबार विहान ०५:०० बजेको समयमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित प्रदेश-१-०१-००१ ख ३९१५ नम्बरको मालवाहक कन्टेनर ट्रकभित्र साथमा रहेको विल बिजक भन्दा बढीका विभिन्न किसिमका लत्ताकपडा तथा औषधीहरू लोड गरी वीरगञ्जबाट झापा तर्फ जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई विल विजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको हुँदा अ.मू.रू.६९,१५,१६९ ।- ( उन्नसत्तरी लाख पन्ध्र हजार एक सय उन्नसत्तरी ) बराबरका मालबस्तूहरू थप अनुसन्धान तथा कारवाहीको लागि सोमबार नै राजस्व अनुसन्धान पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको थियो ।