माई टिभी को आयोजनामा एक दिने तालिम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज  ।  माई टेलिभिजनको आयोजनामा एक दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

माई टेलिभिजनका प्रधान सम्पादक किरण सत्यालको अध्यक्षतामा भएको तालिममा ३५ जना विद्यार्थीहरुको सहभागीता रहेको तालिमका सहसन्योजक साबिर हुसैनले जानकारी दिनुभयो।

शनिबार बिरगंज पब्लिक कलेजको सभहलमा भएको तालिम
<span;>कार्यक्रमको  उदघाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्नु भएको थियो भने समापन नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीको प्रमुख अतिथ्यमा भएको थियो ।

उदघाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले यहाँका केही पत्रकारहरुले आफैलाई सर्वेसर्वा मान्ने र चित नबुझे कसैको पनि मान मर्दन गर्न पछि नपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रधेशका महासचिव श्याम बनजाराले मेयर सिंहले कसैलाई काखा र कसैलाई पाखा नगरी सबै पत्रकारहरुलाई एउटै आँखाले हेर्न सक्नु पर्ने विषयमा जोड दिए ।

कार्यक्रमको उदघोषण वरिष्ठ सम्पादक राजेन्द्र सिंह राजपुतले गर्नु भएको थियो भने स्वागत मन्तवय मुकेश सिंहले राख्नु भएको थियो  ।

माई टेलिभिनजको  समापन सत्रका प्रमुख अतिथि एवम नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले एक दिने तालिमले मात्र प्रयाप्त नहुने तथा यसका लागि प्रशिक्षार्थिहरुले इच्छा व्यक्तगरेमा हामिले समय बढाएर पत्रकार महासंघकै भवनमा तालिमको व्यवस्था मिलाउने बताए ।

कार्यक्रममा कान्तिपुर टेलिभिजनका पर्सा प्रतिनिधी पंकज श्रेष्ठ तथा चन्द्रिका प्रसाद, राजधानी दैनिकका मधेस प्रदेश ब्युरो प्रमुख विजय भण्डारीले सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो भने निरंजन मिश्र, अनुप तिवारी, विजय भण्डारीले तालिमका प्रशिक्षार्तिहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...