अजित कुमार भुजेल , बिरगंज । प्रथम अल्पाईन कप -२०८० आज देखि सुरु भएको छ ।
बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा शनिबार भएको लिग क्रिक्रेट प्रतियोगिता -२०८० को उद्घाटन क्यानका उपाध्यक्ष एवं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्रिक्रेट खेलाडी मुसरफ ईजहारले ब्याटिङ्ग गरि गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता अल्पाईन सेकेन्डरी स्कुलका सस्थापक तथा कार्यक्रम संयोजक बिनोद उपाध्याय , बिशेष अतिथिहरु अल्पाईन स्कुलका प्रिन्सिपल विशाल उपाध्याय , पर्सा क्रिक्रेट संघका अध्यक्ष एवं नेशनल ईन्फोटेक कलेजका प्रधानाध्यापक मनिष सिंह , क्यानका पुर्व सदस्य एवं पर्सा क्रिक्रेट संघका सदस्य दाउद्द अन्सारी , पर्सा क्रिक्रेट संघका उपाध्यक्ष मुर्तुजा हवारी , सचिव घनश्याम गुप्ता , पर्सा क्रिक्रेट संघका सदस्य तथा प्रशिक्षक एवं अल्पाईन टिमका कोच कलामुदिन अन्सारी , ग्लोबल बिजनेश कलेजका डाईरेक्टर श्रीराम चौधरी , मेरिगोल्ड स्कुलका प्रिन्सिपल अनमोल कोईराला , मिनिल्यान्ड स्कुलका कोडिनेटर दिपक पटेल , जितेन्द्र पटेल , पत्रकार अजित भुजेल , आनन्द पटेल , दिपेन्द्र गिरि , आश महमद , शिवशन्कर मिश्रा , रितेश झा, प्रणय साह , खेल ईम्पाएर हिरालाल सर , बासु कर्ण रहनु भएको थियो ।
उद्घाटन खेलको पहिलो दिनको पहिलो खेल अल्पाईन सेकेन्डरी स्कुल र मिनिल्यान्ड +2 कलेज बीच भएको थियो ।
पहिलो दिनको पहिलो क्रिक्रेट खेलमा मिनिल्यान्ड+ 2 कलेजले अल्पाईन स्कुललाई ५ बिकेटले हराएरका थिए ।
अल्पाईन सेकेन्डरी स्कुलले टस जिति पहिलो ब्याटिङ्ग रोज्दै २० ओभरमा ९ बिकेटको क्षतीमा १०७ रन बनाएका थिए भने १०८ रनको लक्ष्य साथ दोस्रो ब्याटिङ गर्दै मिनिल्यान्ड +2 कलेजले १७.४ ओभरमा ५ बिकेट गुमाई १०९ रन बनाएर बिजयी भएका थिए ।
म्यान अफ द म्याच मिनिल्यान्ड +2 कलेजका बिशाल गुप्ता घोषित भएका थिए ।