क्रियाशिल युवा पत्रकार मञ्च नेपालद्वारा बृहत खुल्ला रक्तदान कार्यक्रममा ३ महिला सहित ६० जनाद्वारा रक्तदान

Date:

पर्सा पोस्ट , जेष्ठ २३ गते , वीरगञ्ज ।
मानव जीवन बचाउने तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जको घण्टाघर चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। क्रीयाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित उक्त कार्यक्रममा ३ महिला सहित कुल ६० जनाले रक्तदान गरेका छन्।

सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी, पत्रकार तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी रक्तदाताहरूले “रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात गर्दै नियमित रूपमा रक्तदान अभियान सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए।

क्रीयाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल सहभागी रहेका थिए। त्यस्तै विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृज किशोर पटेल, दीपक पटेल, सौरभराज पाण्डे, बृजेश चौधरी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

रक्तदान गर्नेहरूमा ज्ञान्ती पटेल, पूजा साह, माधुरी महतो, अनिश पटेल, मुनेश पटेल, मुकेश पटेल, आदित्य शर्मा, राकेश साह, दीपेन्द्र पटेल, बीपीएस प्लस कलेजका सञ्चालक दीपक पटेल, स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेल, समाजसेवी वृजकिशोर चौधरी, क्रीयाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, समाजसेवी राजेन्द्र भट्टराई, अरविन्द पटेल, पप्पु साह, प्रताप पटेल, अनुज पटेल, रञ्जय पटेल, विशेष दुबेदी, जितेन्द्र साह, सुनिल साह, सुर्यप्रताप पटेल लगायत रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवा भएको उल्लेख गरेका थिए। उनीहरूले रगतको अभावका कारण कुनै पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए। साथै युवाहरूलाई सामाजिक सेवामा अग्रसर हुँदै नियमित रक्तदान गर्न आग्रह समेत गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृज किशोर पटेलले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गर्दै रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले समाजमा रक्तदानसम्बन्धी सकारात्मक चेतना फैलाउन युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थिति रहेको थियो। आयोजक संस्थाले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि, स्वयंसेवक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...