शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मानित

Date:

पर्सा पोस्ट , जेष्ठ २३ गते , वीरगञ्ज ।
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा आयोजित सम्मान कार्यक्रम–२०८३ शनिबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ। एसईई २०८२ को नियमित परीक्षामा वीरगञ्ज महानगरपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये प्रत्येक विद्यालयबाट सर्वोत्कृष्ट जीपीए हासिल गर्ने २१ जना छात्र–छात्रालाई सम्मान गरिएको हो।

वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने रहेका थिए। कार्यक्रम शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आनन्द लामिछानेले सामुदायिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेर शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको बताए। उनले विद्यार्थीहरूलाई प्राप्त सम्मानलाई प्रेरणाको रूपमा लिएर आगामी अध्ययनमा अझ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै उनले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढेमा विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

उनले विद्यार्थीहरूको प्रतिभा र उपलब्धिलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वाससमेत बढाउने बताए। महानगरपालिकाले गुणस्तरीय शिक्षाको विकास तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा यस्ता रचनात्मक गतिविधिमा सहकार्य गर्न महानगरपालिका सदैव तयार रहेको बताए।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवं समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय, अभिलाष गुप्ता, लाल बाबू सिंह लगायत प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा श्रीमती इन्दिरा देवी खनाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, अजित भुजेल, प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशिला साह, सचिव अशोक सङौला, लायन्स क्लबका राम बिहारी पाण्डे, मानवसेवा आश्रमका देवेश गुप्ता, एलाइड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, रितेश गुप्ता, राजेन्द्र कोइराला लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सम्मानित विद्यार्थीहरूलाई जनही नगद रु. १ हजार ५ सय, सम्मानपत्र, खादा तथा टीका प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित हुने विद्यार्थीहरूमा किरण कुमारी साह, रोशनी कुमारी डोमिन, रागनी कुमारी कानु, साहिल मियाँ, समिर कुमार कर्ण, अनुज्ञा श्रीवास्तव, सपना सोनार, निशा पटेल, अनिसा पण्डित, सुजाता कुशवाहा, अब्दुल अजिज, किरण कुमारी पटेल, सुरज कुमार, अंकिता कुमारी, कुमकुम कुमारी कुशवाहा, विध्या कुमारी, पूजा कुमारी पटेल, राजकरण ठाकुर लोहार, अञ्जली कुमारी, सादिया खातुन, महम्मद उमर फारूक तथा सन्दर्भ माली रहेका छन्।
कार्यक्रमका संयोजक प्रभु रौनियारले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्न प्रतिष्ठानले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले प्रतिष्ठान केवल शैक्षिक क्षेत्रमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वका विविध अभियानमा समेत सक्रिय रूपमा लागिरहेको उल्लेख गरे।

प्रतिष्ठानले शिक्षा क्षेत्रसँगै वातावरण संरक्षण, वृक्षारोपण, सरसफाइ अभियान, निःशुल्क स्वास्थ्य सेवा, रक्तदान कार्यक्रम, अत्यधिक गर्मीका बेला सर्वसाधारणलाई चिसो सर्वत तथा पानी वितरण जस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिँदै आएको आयोजकको भनाइ रहेको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित प्रतिष्ठानले आगामी दिनमा अझ व्यापक सामाजिक तथा जनहितका कार्यक्रमहरू सञ्चालन गर्दै विभिन्न क्षेत्रमा आफ्नो सक्रिय सहभागिता बढाउँदै जाने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको सफलतामा विभिन्न संघसंस्था, समाजसेवी, शिक्षा प्रेमी तथा सहयोगी हातहरूको महत्वपूर्ण योगदान रहेको भन्दै आयोजकले सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...

सकारात्मक सोच र आत्मबोधले नै जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २६ गते , रक्सौल, पूर्वी...