प्रेरणाले असम्भवलाई सम्भव बनाउँछ : बिमल सरार्फ

Date:

पर्सा पोस्ट, जेष्ठ १२ गते, रक्सौल, पूर्वी चम्पारण ।
प्रेरणा नै सफलताको वास्तविक कुञ्जी भएको बताउँदै सामाजिक कार्यकर्ता बिमल सर्राफले सकारात्मक सोच, आत्मविश्वास र निरन्तर प्रयासले मानिसलाई जीवनमा ठूलो उपलब्धि दिलाउने बताएका छन्।

लायन्स क्लब अफ रक्सौलका अध्यक्षसँग मिडिया प्रभारी, भारत विकास परिषद् रक्सौलका सेवा संयोजकसँग मिडिया प्रभारी समेत रहेका सर्राफले प्रेससँग कुरा गर्दै प्रेरणाले मानिसको जीवनमा नयाँ ऊर्जा र उत्साह भर्ने उल्लेख गरे। उनका अनुसार प्रेरणाले निराशा, असफलता र मानसिक जडत्वलाई हटाएर व्यक्तिलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्छ।

उनले जीवनमा आउने कठिन परिस्थिति, अभाव र चुनौतीहरूलाई अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै आत्मबल र सकारात्मक सोचले नै सफलताको मार्ग निर्माण गर्ने बताए। “जब मानिसभित्र प्रेरणाको प्रकाश जाग्छ, तब असम्भव देखिएका लक्ष्यहरू पनि सहज रूपमा प्राप्त हुन थाल्छन्,” उनले भने।

सर्राफका अनुसार प्रेरणा केवल शब्दमा सीमित विषय नभई व्यवहार, सोच र कर्ममा देखिनुपर्ने शक्ति हो। यसले मानिसभित्र करुणा, सहानुभूति र मानवीय भावना विकास गराउँदै समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने कार्य गर्दछ।

उनले युवापुस्तालाई निराशाबाट टाढा रहँदै लक्ष्यप्रति केन्द्रित हुन आग्रह गरे। समाजमा बढ्दो नकारात्मक सोच, असफलताप्रतिको डर तथा आत्मविश्वासको कमीलाई हटाउन प्रेरणादायी विचार र सामाजिक चेतनाको आवश्यकता रहेको उनले बताए।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले पनि सकारात्मक सोच र प्रेरणाले समाजमा आशा र उत्साह फैलाउने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

महासंघ पर्सामा तालाबन्दीप्रति आपत्ति : ‘ सस्थाको गरिमामाथि प्रहार ‘

पर्सा पोस्ट । जेष्ठ १५ गते, वीरगञ्ज । नेपाल पत्रकार...

समाजसेवी चौधरीद्वारा युवालाई खेलकुदतर्फ आकर्षित गर्न क्रिक्रेट सामग्री सहयोग

पर्सा पोस्ट , जेष्ठ १५ गते , वीरगञ्ज । जगरनाथपुर...

साँचो गरिमा भद्रता र सद्रुणबाट प्राप्त हुन्छ : समाजसेवी बिमल्र सरार्फ

पर्सा पोस्ट , जेष्ठ १५ गते , रक्सौल, पूर्वी...