छ्पकैया सामुदायिक सेवा केन्द्रद्वारा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिरगंज महानगरपालिका वडा नं.२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि सवारी दुर्घटना न्युनिकरण गर्नका निमित चालकहरुलाई अ.१०० थान ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक पर्चा पम्पलेट बितरण गरेको थियो ।

सवारी चलाउदा ध्यानदिनु पर्ने कुराहरु सवारी चालक अनुमती पत्र बिना सवारी नचलाऔं , सवारी दर्ता किताब ( ब्लु बुक ) साथमा राखी सवारी चलाऔं , हेल्मेट बिना मोटरसाइकल नचलाऔ , मादक पदार्थ वा लागू पदार्थ सेवन गरि सवारी नचलाऔ , जथाभावी ओभरटेक नगरौ , तीब्र गतिमा सवारी नचलाऔ , ट्राफिक नियम / संकेत तथा चिन्हको पालना गरौ , सवारी साधन चलाउदा मोबाइल फोनको प्रयोग नगरौ , सिट क्षमता भन्दा बढी यात्रु नबोक्ने जस्ता कुरामा ध्यान दिए सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्ने जनचेतनामूलक पर्चा पम्पलेट बितरण गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र छपकैयाका सदस्य अजित कुमार भुजेलको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियोे ।

ज्ल्लउक्त कार्यक्रममा सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्र.ज अभिनेश राय र प्र.ज भिम बहादुर कपडयाल लगायतको उपस्थिति रहेको प्रहरी हवल्दार पटेलले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...