पन्च परिवर्तन मार्फत राष्ट्र निर्माणको आह्वान गर्दै विरगन्जमा भब्य हिन्दू सम्मेलन सम्पन्न

Date:

पर्सा पोस्ट, चैत १४ गते, वीरगञ्ज।
‘पञ्च परिवर्तन राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ वीरगञ्जमा एक भव्य हिन्दू सम्मेलन सम्पन्न भएको छ। विश्व हिन्दू परिषद् नेपाल वीरगञ्ज महानगर कमिटीको आयोजनामा शनिबार माइस्थान मन्दिरको प्राङ्गणमा उक्त कार्यक्रम धार्मिक तथा वैचारिक उत्साहका साथ सम्पन्न भएको हो।

नैतिक शिक्षाको अभावले समाजमा विकृति बढेको चिन्ता
कार्यक्रमका विशिष्ट अतिथि एवं विश्व ज्योतिष सम्राट डा. पुरुषोत्तम दुवे ले वर्तमान समाजमा बढ्दो विकृतिको प्रमुख कारण नै विद्यालय तहबाट नैतिक शिक्षा हटाइनु रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “नैतिक शिक्षाको अभावमा पञ्च परिवर्तनका मुख्य आधारहरू—सामाजिक समरसता, कुटुम्ब प्रबोधन, वातावरण संरक्षण, स्वदेशी प्रवर्द्धन र नागरिक कर्तव्य—आजको पुस्ताले व्यवहारमा उतार्न सकेका छैनन्।”

डा. दुवेले व्यक्तिगत आचरण सुधार नै समाज रूपान्तरणको पहिलो शर्त भएको उल्लेख गर्दै अभिभावक र शिक्षक दुवैले नयाँ पुस्तामा संस्कार निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

हिन्दू धर्मको सहिष्णुता र उदारताको प्रशंसा
कार्यक्रमका प्रमुख अतिथि धनन्जय मिश्र ले हिन्दू धर्मको सहिष्णुता र उदारतालाई विश्वमै अनुपम रहेको बताउनुभयो।
उहाँले हिन्दू धर्मावलम्बीहरूले गीता मात्र नभई अन्य धर्मग्रन्थप्रति पनि सम्मान जनाउने परम्परा रहेको उल्लेख गर्दै मन्दिरसँगै मस्जिद, गुरुद्वारा र गुम्बामा समेत पुग्ने संस्कारले धार्मिक सहअस्तित्वको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभयो।

“यस्तो उदारता संसारका अन्य धर्ममा दुर्लभ छ, त्यसैले हिन्दू धर्म विश्वकै उत्कृष्ट धर्म हो,” उहाँले भन्नुभयो।
आध्यात्मिक जागरणबाट राष्ट्र निर्माणको जोड
कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्र निर्माणका लागि भौतिक विकाससँगै आध्यात्मिक र नैतिक चेतनाको विकास अनिवार्य रहेकोमा जोड दिएका थिए।

उनीहरूले “पञ्च परिवर्तन” लाई समाज रूपान्तरणको प्रभावकारी अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै युवापुस्तालाई संस्कार, अनुशासन र राष्ट्रप्रेमतर्फ अभिमुख गराउन आवश्यक रहेको बताए।

सम्मेलनमा वीरगञ्जका उद्योगी, व्यवसायी, शिक्षाप्रेमी, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले राष्ट्र निर्माणका लागि नैतिक मूल्य र सांस्कृतिक पहिचानको संरक्षण अपरिहार्य रहेको भन्दै सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले वीरगञ्जमा धार्मिक, सांस्कृतिक तथा वैचारिक बहसलाई थप सशक्त बनाउनुका साथै समाज रूपान्तरणका लागि सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...