मारवाडी प्रिमियर लिग-३ को उपाधि गौरीशंकर हिटर्सलाई , स्थानीय प्रतिभा उजगार गर्ने प्रतियोगिताको सफल समापन

Date:

पर्सा पोस्ट , चैत १० गते , वीरगञ्ज ।
मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत ११औँ दिनको फाइनल खेल वीरगञ्जस्थित आदर्शनगर रंगशालामा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गते फाइनलसँगै सम्पन्न भएको हो। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो भने कुल २३ खेल खेलाइएको आयोजकले जनाएको छ।

फाइनल खेलमा गौरीशंकर हिटर्स र अन्नपूर्ण टाइगर्सबीच कडा प्रतिस्पर्धा देखिएको थियो। निकै रोमाञ्चक बनेको खेलमा गौरीशंकर हिटर्सले १०.४ ओभरमा ३ विकेट गुमाउँदै १०३ रन बनाउँदै उपाधि हात पार्न सफल भयो। जवाफमा अन्नपूर्ण टाइगर्सले पनि १०.४ ओभरमै सबै विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सकेपछि उपविजेतामा सीमित रहनुपर्‍यो।
प्रतियोगिताका विजेता गौरीशंकर हिटर्सले नगद ४ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेता अन्नपूर्ण टाइगर्सले नगद २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रमका क्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, खेलाडी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। फाइनल खेल स्वर्गीय सुशील कुमार खेतान (टिपु)की आमा राजकुमारी खेतानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्नुका साथै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने महत्वपूर्ण भूमिका खेल्दछ। साथै, यिनै प्रतियोगिताबाट खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार हुने र आफ्नो स्थानसँगै देशको नामसमेत उँचो राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमले वीरगञ्ज क्षेत्रमा खेलकुद संस्कृतिको विकासमा थप टेवा पुर्‍याएको सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...