मारवाडी प्रिमियर लिग- ३: नवौं दिनमा गौरीशंकर हिटर्सको शानदार जित

Date:

पर्सा पोस्ट, चैत ०८ गते, वीरगञ्ज ।
मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत नवौँ दिनका खेलहरू वीरगञ्जस्थित आदर्शनगर रंगशालामा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्।

स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा १० वटा टोलीहरूको सहभागिता रहेको छ भने कुल २३ खेल खेलाइने तालिका रहेको छ। प्रतियोगिताका विजेताले ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक केशव खेतानले जानकारी दिएका छन्।

नवौँ दिनको प्रमुख खेल द फग फाइटर कैलाश र गौरिशंकर हिटर्सबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको गौरिशंकर हिटर्सले सन्तुलित प्रदर्शन गर्दै निर्धारित ओभरमा १३८ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा लक्ष्य पछ्याउन मैदान उत्रिएको द फग फाइटर कैलाश टोलीले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा निर्धारित लक्ष्य भेट्टाउन असफल रह्यो। उत्कृष्ट बलिङ र संयमित खेल प्रदर्शन गरेको गौरिशंकर हिटर्सले खेलमा शानदार जित हात पार्दै अंक तालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ।

प्रतियोगिता दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ। खेल हेर्न दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने स्थानीय खेलप्रेमीहरूमा उत्साह झन् बढ्दै गएको आयोजकले जनाएको छ।

आगामी दिनका खेलहरू अझ प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ। प्रतियोगिताले वीरगञ्जमा क्रिकेटप्रति युवाहरूको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...