कलैयामा बाल शिक्षण केन्द्रका ७७ बालबालिकालाई शैक्षिक सामग्री वितरण

Date:

पर्सा पोस्ट , चैत ०३ गते, कलैया (बारा)
कलैया उपमहानगरपालिकाको सहयोग तथा शहरी गरिबी निवारण मंचको आयोजनामा कलैया–१ स्थित पर्सा र कट्टि क्षेत्रमा सञ्चालन हुँदै आएका बाल शिक्षण केन्द्रमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता तथा मंचका अध्यक्ष सुधाकर यादवको सभाध्यक्षतामा आयोजित कार्यक्रममा ७७ जना बालबालिकालाई कापी, कलम, झोला लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो।

कार्यक्रममा वडा सदस्य जोखनी देवी, ज्ञान ज्योति आधारभूत विद्यालयका शिक्षक रामायण महतो, लुमन्तीका प्रतिनिधि अनिल मण्डल तथा दिपशिखा महिला साकोसकी अध्यक्ष मंजु देवी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा केन्द्रका सहजकर्ता अमिन्द्र यादव र सृजना कुमारीले विगत ११ महिनादेखि सञ्चालनमा रहेको कक्षाको गतिविधि र त्यसबाट बालबालिकामा आएको सकारात्मक परिवर्तनबारे जानकारी गराएका थिए। उनीहरूका अनुसार नियमित कक्षाले बालबालिकाको पढाइप्रति रुचि, अनुशासन र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष क्षेत्रीले शहरी गरिबी निवारण मंचसँगको सहकार्यमा वडाभित्र विभिन्न सामाजिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै बाल शिक्षण केन्द्रले बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने र आगामी वर्षका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम सञ्चालन निवर्तमान अध्यक्ष रबिन्द्र प्रसाद साहले गरेका थिए भने स्वागत मन्तव्य किरण कुमारी दासले व्यक्त गरेकी थिइन्।

बालबालिकाको शैक्षिक विकास र उज्ज्वल भविष्य निर्माणमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आयोजकले सम्पूर्ण सहयोगी, सहभागी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...